मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

यी पाँच एपको प्रयोगबाट तपाईँले गर्न सक्नुहुन्छ मोबाइलबाटै भिडिओ सम्पादन

काठमाडौँ– सामाजिक सञ्जालको लोकप्रियता बढ्दै गएसँगै पछिल्लो समय भिडियो सम्पादन अनिवार्य सीप जस्तै बनेको छ । 

तर आजभोलि धेरैजस्तो मानिसहरूले मोबाइलबाटै पनि यो काम गरिरहेका हुन्छन् । आज हामी तपाइलाई मोबाइलमै भिडिओ सम्पादन गर्न सकिने केही महत्त्वपूर्ण एपबारे जानकारी दिनेछौ ।

काइनमास्टर– काइनमास्टर भिडिओ एडिटिङ एपमध्येको उत्कृष्ट एक हो । जसमा सम्पादनका लागि ग्रिन स्क्रिन, ब्याकग्राउन्ड रिमुभल आदि फिचर रहेका छन् । तर एन्ड्रोइड भर्सन ५.० वा त्यसभन्दा माथिल्ला भर्सनमा मात्र यो एपले काम गर्ने गर्छ । वाटरमार्क सहित यो एप निःशुल्क प्रयोग गर्न सकिन्छ । 

इनशट– यो एपवाट पनि पछिल्लो समय भिडिओ सम्पादन गर्ने क्रम बढिरहेको छ । यो एपको प्रयोग गर्दा भिडियोमा क्याप्सन दिने एकसाथ कयौँ लेयर बनाएर भिडियाे सम्पादनका काम गर्न सकिने सुविधा छ । साथै फरक फरक सामाजिक सञ्जालका लागि भिडिओ फर्म्याट चयन गर्ने विकल्प पनि यो एपमा रहेको छ ।

भिटा– भिटा एपको प्रयोग गरी सहयोगमा तपाइले गज्जबको भिडिओ सम्पादन गर्न सक्नुहुन्छ । यो एपमा तपाइले ब्याकग्राउन्ड म्युजिक पनि राख्न सकिने व्यवस्था रहेको छ । यो एपमा सम्पादनका लागि प्रोफेसनल भिडिओ तयार पार्न सकिने फिचरहरू पनि उपलब्ध रहेका छन् । यो एप निःशुल्क चलाउन सकिन्छ । 

भिडिओशा– भिडियो सम्पादन गर्नको लागि भिडिओशो एप पनि धेरै प्रयोग हुने गरेको छ । यसले एचडी क्वालिटीको भिडियो सम्पादन गर्न सकिन्छ । यो एपबाट भिडियो सम्पादन  गर्दा ब्याकग्राउन्ड म्युजिक पिनि राख्न सकिन्छ भने दुई वा सोभन्दा बढी भिडिओ एकसाथ जोड्न पनि पाइन्छ । 

पावरडिरेक्टर– पावरडिरेक्टर एप पनि भिडिओ सम्पादनका लागि धेरै प्रयोगकर्ताले रुचाएको एप हो । यसमा ग्रिन स्क्रिन, स्ट्रिम, स्प्लाइस, रोटेट, ब्राइटनेस कन्ट्रोल जस्ता एडिटिङका प्रिमियम फिचरहरू उपलब्ध छन् । यो एप पनि निःशुल्क प्रयोग गर्न सकिन्छ । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?