मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

यसरी मनाइयो सम जन्मजयन्ती (फोटोफिचर)

काठमाडौँ– नक्सालस्थित नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठानमा नाट्य सम्राट बालकृष्ण समको १२२ औँ जन्मजयन्ती मनाइएको छ ।

ललितकलासँगै नेपाल प्रज्ञा–प्रतिष्ठानको सहकार्य तथा नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा–प्रतिष्ठानको आयोजनामा बुधबार ललितकला प्रज्ञा–प्रतिष्ठानमा सम जन्मजयन्ती मनाइएको थियो ।

तीनवटै प्रतिष्ठान मिलेर गरेको यो पहिलो कार्यक्रम हो । उक्त अवसरमा ‘सम्झनामा बालकृष्ण सम’ विषयक विचार गोष्ठी तथा अन्तरक्रिया, कवितावाचन, चित्रकला कार्यशाला र वृत्तचित्र प्रदर्शन समेत गरिएको थियो ।

कार्यक्रममा तीनै वटा प्रतिष्ठानका कुलपतिहरु भूपाल राई, नारदमणि हार्तम्छाली, निशा शर्मा लगायत साहित्य, संगीत, नाट्य तथा ललितकला विधाका स्रष्टाहरु सहभागी थिए ।

ललितकला प्रज्ञा–प्रतिष्ठानका हार्तम्छालीले समलाई सापेक्ष रूपमा चर्चा गर्नुभन्दा पनि तत्कालीन अवस्थामा रहेर हेर्नु वाञ्छनीय हुने धारणा राखेका थिए ।

प्रज्ञा–प्रतिष्ठानका कुलपति राईले समलाई नाटककारका रूपमा बढी चिनिएको भएता पनि उहाँ साहित्य तथा चित्रकलाको क्षेत्रमा अब्बल रहेको बताए ।

फोटोफिचर :

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?