मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

बेलायतका राजा बिरामी परेपछि राजकुमारले सम्हाले शाही जिम्मेवारी

काठमाडौँ – बेलायतका राजा चार्ल्सलाई क्यान्सर पुष्टि भएपछि राजकुमारले जिम्मेवारी सम्हालेका छन्। तृतीय बिरामी परेपछि राजकुमार विलियमले बुधबारदेखि शाही जिम्मेवारी सम्हालेका हुन्।

राजा चार्ल्सले आफ्नो उपचार चलिरहेकाले छोरा विलियमलाई थप शाही जिम्मेवारी सुम्पिएका बेलायती सञ्चारमाध्यमले जनाएका छन्। राजा चार्ल्सको क्यान्सरको उपचार चलिरहेको छ।

उनकी श्रीमती पनि शल्यक्रियापछि आराम गरिरहेकी छन्। ४१ वर्षीय राजकुमार विलियम राजा चार्ल्सका जेठा छोरा हुन्। उनले आफ्नी पत्नी तथा वेल्सकी राजकुमारी क्याथरिन र उनीहरूका तीन छोराछोरीको हेरचाहका लागि सार्वजनिक कार्यक्रम स्थगित गरेका थिए।

राजाको स्वास्थ्य उपचारका लागि दरबारको नियमित जिम्मेवारीको बोझ कम गर्ने निर्णयसँगै विलियम बुधबारदेखि काममा फर्किएका हुन्।

उनले आफ्नो बुबाको उपचारका क्रममा चार्ल्सका केही कर्तव्यहरू पनि सम्हाल्ने अपेक्षा गरिएको छ। उपचारका क्रममा राजा चार्ल्सको कतिपय सेवा सम्पादन गर्न राजकुमारी एनी र चार्ल्सकी पत्नी रानी क्यामिलाले भार साझेदारी गर्नेछन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?