मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

पुनमलाई क्यान्सर जनचेतनाको ‘ब्राण्ड एम्बासडर’ नबनाइने

काठमाडौँ – विवादित अभिनेत्री पुनम पाण्डेलाई भारत सरकारले सर्वाइकल (पाठेघरको) क्यान्सर सम्बन्धी जनचेतनाका कार्यक्रमको ब्राण्ड एम्बासडर नबनाउने भएको छ । 

जबकि उनको टिमले गत फेब्रुअरी २ मा आफ्नो इन्स्टाग्राममा पुनमको सर्वाइकल क्यान्सरका कारण मृत्यु भएको झुटो कुरा पोस्ट गरेको थियो ।

यो पोस्टका कारण उनका फ्यान देखि लिएर बलिउडकर्मी शोकमग्न बनेका थिए । पछि पाठेघरको क्यान्सरबारे जानकारी गराउन यस्तो गरिएको भन्दै उनले सामाजिक सञ्जालमा भिडियो पोस्ट गरेकी थिइन ।

यसले उनी जनचेतना कार्यक्रमको हिस्सा बन्न लागेको बताइएको थियो । तर युनियन हेल्थ मिनिस्ट्रीले आधिकारिक विज्ञप्ति जारी गर्दै उनको गतिविधिले उनलाई अस्वीकृत गरिएको जानकारी दिएको हो ।

यसअघि पुनमलाई ब्राण्ड एम्बासडर बनाउनका लागि कुराकानी भइरहेको खबर सार्वजनिक भएको हो । यद्यपि युनियन हेल्थ मिनिस्ट्रीले यो खबरलाई समेत झुटो भएको दाबी गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?