मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

४४ वर्षीया अविवाहित महिलालाई सरोगेट आमा बन्न भारतको सर्वोच्चले दिएन अनुमति

काठमाडौं- भारतीय सर्वोच्च अदालतले ४४ वर्षीया एक अविवाहित महिलालाई सरोगेसीको माध्यमबाट आमा बन्न अनुमति दिन अस्वीकार गरेको छ।

 सर्वोच्च अदालतले भारतमा एकल महिलाले विवाह बाहिर सन्तान जन्माउनु सामान्य नभएको तर यो विशेष मामला भएकोसमेत बताएको छ । सरोगेसी कानुन अन्तर्गत यो अनुमति छैन । उसले भनेको छ, ‘देशमा विवाह गर्ने संस्थालाई जोगाउनु जरुरी छ, हामी पश्चिमी देशहरू जस्तो होइनौं ।’

गत फेब्रुअरी ५ मा भएको सुनुवाइमा न्यायाधीश बीभी नागरथना र न्यायमूर्ति ए जर्ज मसिहको इजलासले देशमा विवाहलाई संस्थाका रूपमा बचाउन र कायम राख्न आवश्यक रहेको बताएका छन् । ‘यसलाई पश्चिमी देशहरूको बाटो पछ्याउन दिनु हुँदैन, जहाँ विवाह बाहिर बच्चा जन्माउनु सामान्य छ। तपाईं हामीलाई पुरानो जमानाको भन्न सक्नुहुन्छ तर देशमा विवाहको संस्थालाई बचाउन महत्त्वपूर्ण छ,’ अदालतले भनेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?