मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

‘बोक्सीको घर’ वैशाख १४ बाट प्रदर्शनमा आउने

काठमाडौँ – फिल्म ‘बोक्सीको घर’  वैशाख १४ गतेबाट चलचित्र प्रदर्शनमा आउने भएको छ ।

केकी अधिकारी मुख्य भूमिकामा रहेको यो फिल्म आठ वर्षअघि मञ्चन भएको नाटक ‘बोक्सीको घर’ मा आधारित छ ।  नाटककै लेखक एवं निर्देशक सुलक्षण भारतीले फिल्मलाई निर्देशन गरेका छन् ।

महिलालाई बोक्सीको आरोप लगाएर समाजले उनीहरूमाथि गर्ने शोषणको वरिपरि चलचित्रको कथा आधारित छ । चलचित्रमा केकीसँगै सुपला सापकोटा, स्वेच्छा राउत, सुलक्षण भारती, रमा थपलिया, सुषमा निरौला, सविन बाँस्तोलालगायतको अभिनय रहेको छ । 

फिल्ममा मुख्य गरेर कुप्रथालाई चित्रण गरिएको नायिका अधिकारीले बताए । अधिकारी स्वंय निर्माता रहेको फिल्मको कार्यकारी निर्माता राजकुमार घिमिरे हुन।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?