मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

भीपीएन प्रयोग गर्दा इन्टरनेट ‘स्लो’ भयो ? अपनाउनुस् यी ५ उपाय 

काठमाडौँ– गोपनीयता सुरक्षाका लागि भर्चुअल प्राइभेट नेटवर्क (भीपीएन) को प्रयोग धेरैले गर्ने गर्छिन् ।

पछिल्लो समय सरकारले टिकटकमाथि प्रतिबन्ध लगाएपछि धेरै मानिसले भीपीएनको प्रयोग गर्ने गरेका छन् । तर भिपिएनको प्रयोग गर्दा अलि चनाखो हुनुपर्छ । साइबर सुरक्षा जानकारहरू सकेसम्म भिपिएनको प्रयोग नर्गन सल्लाह दिन्छन् । 

प्रायः भीपीएन प्रयोग गर्दा इन्टरनेटको गति ५० प्रतिशतसम्म कम हुनसक्छ । तर केही कुराहरूमा ध्यान दिन सके तपाइको भीपीएनले राम्रो काम गर्नेछ । 

यदि तपाइलाई आवश्यकता भए अनुसारको गतिमा भीपीएन चलेन भने यस्ता उपायहरू अपनाउन सक्नुहुन्छ :

– आफु रहेकै स्थानबाट नजिकै रहेको सर्भरमा कनेक्ट हुँदा भीपीएनको गति उच्च हुन्छ । जस्तै तपाइ नेपालमा हुनुहुन्छ भने नेपालभित्रै रहेको भीपीएन सर्भरमा जोडिनु भयो भने तपाइले उच्च गति पाउनुहुन्छ ।

– धेरै मान्छेहरूले एउटै भीपीएन सर्भर प्रयोग गर्दा ओभरलोड भएर पनि हुन्छ । आफूले प्रयोग गरिरहेको भीपीएनको सर्भरहरूको अवस्था समेत रुजु गरी लोड कम भएको सर्भरमा जोडिनुभयो भने पनि तपाइले आफूलाई चाहिएको गतिमा भीपीएन चलाउन सक्नुहुन्छ ।

– यदि तपाईँको भीपीएन प्रोभाइडरले ‘स्प्लिट टनेलिङ’ फिचर उपलब्ध गराएको छ भने यसलाई पनि भीपीएनको गति बढाउन प्रयोग गर्न सक्नुहुन्छ ।

– यदि तपाईँले ब्याकग्राउन्डमा एप चलाउनु भएको छ तर तिनको प्रयोग गर्नु भएको छैन भने पनि भीपीएन कनेक्सनको गति ढिलो हुन जान्छ । किनकि त्यस्ता एपले डिभाइसको शक्ति प्रयोग गरिरहेका हुन्छन्  ।

– यस कारण भीपीएन प्रयोग गर्नुअघि चलाउन खोजेको एप्लिकेसन बाहेक ब्याकग्राउन्डमा अरू एप चलिरहेका भए तिनलाई बन्द गर्नुहोस् । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?