मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

भ्यालेन्टाइन विक विशेष

आज ‘प्रपोज डे’, यसरी गर्नुस् आफ्नो प्रिय मान्छेलाई प्रेम प्रस्ताव

काडमाडौं – आज भ्यालेनटाइन वीकको दोश्रो दिन अर्थात् प्रपोज डे । ७ फेब्रुअरीबाट १४ फेब्रुअरीसम्म चल्ने यो ‘प्रणय सप्ताह’मा आजको दिनलाई मनको कुरा भन्ने दिन पनि भनिन्छ । 

हुन पनि हरेक प्रेम गर्नेहरूको आशा यो नै हुन्छ कि उसको प्रस्ताव स्वीकार होस् । तर, आफूले मन पराएको व्यक्तिलाई कसरी प्रस्ताव राख्ने त्यो अवसर मिलिरहेको हुँदैन । 

‘आई लभ यु’ भन्न अफ्ठयारो छैन तर यसलाई अनुभव गराउने तरिका सही हुन आवश्यक छ । अहिलेको पुस्ता रोमान्टिक छ जो आफ्नो पार्टनरलाई त्यो महसुस गराउन चाहन्छन् तर प्रस्ताव राख्नु पनि एउटा कला हो ।

बलिउड र हलिउड फिल्म बाहेक वेब सिरिजमा हेर्ने हो भने केटाले केटीलाई कि केटीले केटालाई प्रपोज गर्छन् । सामान्यतया प्रेमीले एक घुँडा टेकेर आफ्नो प्रेमलाई औँठी दिन्छ  ‘तिमी मसँग बिहे गर्छौ ?’ भन्दै प्रस्ताव गर्छ ।

कतिपयले केकमा, कहिले फूलमा औँठी लुकाएर त कहिले भिडियो बनाएर प्रेम प्रस्ताव गर्छन् । यस बाहेक, उपहार वा फूल र अँगालो पनि प्रस्तावित छन् । 

यदि तपाई पनि कसैलाई प्रस्ताव राख्दै हुनुहुन्छ भने विचार गर्नुस् तपाईँको सानो गल्तीले तपाईँले चाहेको मान्छे टाढा जान सक्छ, त्यसैले प्रस्ताव राख्नु पहिले यी कुरामा ध्यान दिनुस् :

उपयुक्त स्थान र समयको छनोट गर्नुस् 

आफ्नो साथीलाई प्रस्ताव राख्नको लागि सबैभन्दा उपयुक्त ठाउँ र समय सबैभन्दा महत्त्वपूर्ण विषय हो । यसका लागि यस्तो ठाउँ रोज्नुहोस् जहाँ तपाईँका यादहरू जोडिएका हुन् । त्यो ठाउँमा रहँदा तपाइलाई कुनै पुरानो सम्झनाले रमाइलो महसुस गराओस् र एकान्त होस् ।

अब हतार नगरी एक अर्काका कुराहरू आनन्दले राख्नुहोस् र उचित मौका हेरेर आफ्नो मनको कुरा साथीलाई भन्नुस् ।

क्यान्डल लाइट डिनर

आफूले मन पराएको व्यक्तिलाई कतै डिनरको लागि निम्तो गर्न सकिन्छ । जुन ठाउँमा क्यान्डिल लाइट, मधुर धुन र मिठो सुगन्धको व्यवस्था गर्न सकिन्छ । यही पृष्ठभूमिमा मिठो परिकारको स्वाद लिँदै आफ्नो प्रेम व्यक्त गर्न सकिन्छ ।

विचार गर्नुहोस्, तपाईँले आफ्नो यस्तो अवस्थामा मन पर्ने केही उपहार लग्नुहोस् । आफ्नो पोसाकमा ध्यान दिनुहोस् । हल्का र मन पर्ने पर्फ्युम प्रयोग गर्नुहोस् ।

भावना बुझ्नुहोस्

प्रेम प्रस्ताव त्यस बेला मात्र राख्नुपर्छ, जुन समय आफूले मन पराएको व्यक्तिको भावना सकारात्मक हुन्छ । अन्यथा त्यसको साइट इफेक्ट पर्न सक्छ । यही कारण प्रस्ताव राख्नुअघि आफ्नो केटा–केटी साथीको मनोविज्ञान बुझ्नुहोस् । अर्थात्, प्रेम प्रस्ताव राख्नुअघि, उनको मन जित्ने प्रयास गर्नुहोस् । जबसम्म सम्पूर्ण रूपमा केटा–केटी साथीलाई आफ्नो प्रभावमा पार्न सकिँदैन, तबसम्म प्रेम प्रस्ताव राख्नु व्यर्थ हुनसक्छ ।

कसरी राख्ने प्रेम प्रस्ताव ?

– आफ्नो प्रेमिकालाई स्पेसल गिफ्ट दिएर प्रपोज गर्न सकिन्छ ।  यदि तपाईँलाई मनको कुरा भन्न डर लागेको छ भने अहिले बजारमा रेडिमेड कार्ड पाइन्छ । जुन कार्ड तपाईँको भावनासँग मेल खान्छ त्यही छनौट गरेर दिन सक्नुहुनेछ ।

– प्रपोज डे को लागि एक भिडियो तयार गर्न सकिन्छ, जसमा मनमा लागेको कुराहरू कलात्मक ढङ्गले बनाएर आफ्नो साथीलाई पठाउन सकिन्छ । शायद उनलाई तपाईँको यो आइडिया मन पर्न सक्छ । उसको जीवनको महत्त्वपूर्ण फोटो वा भिडियो छ भने यसमा प्रयोग गर्न सक्नुहुन्छ । 

– जाडोको मौसम छ त्यसैले आफ्नो प्रियसीसंँग ड्राइभमा जान सकिन्छ । रोमान्टिक माहोलमा हातमा हात समाएर प्रपोेज गर्न सकिन्छ । हातको तापक्रमले तपाईँको साथीलाई मनमा छुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?