मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

मेटाले एआईबाट निर्मित फोटोलाई लेबल गर्ने तयारी

काठमाडौं – मेटाले फेसबुक, इन्स्टाग्राम र थ्रेडमा आर्टिफिसियल इन्टेलीजेन्स ९एआई०बाट निर्मित फोटोलाई लेबल गर्ने तयारी गरेको छ । सामाजिक सञ्जालको विशाल मेटाले यस वर्ष फेसबुक, इन्स्टाग्राम र थ्रेडहरूमा कृत्रिम बुद्धिमत्ता ‘एआई’ द्वारा उत्पन्न छविहरू पहिचान गर्न र लेबल गर्न काम गर्ने जनाएको हो ।

मेटाको यो प्रयास सफल भए एआईबाट निर्मित फोटो यसका सामाजिक सञ्जालमा पोस्ट गर्दा एआईबाट बनेको हो भन्ने जानकारी देखिनेछ । मानिसहरूलाई झुक्याउन एआईबाट निर्मित फोटोहरू राख्नेलाई निरुत्साहित पार्न मेटोले यो प्रयास थालेको हो ।

फोटो बनाउन सक्ने मेटाको आफ्नै एआई टुलबाट बनेका फोटोहरूलाई कम्पनीले लेबल लगाउने काम गरिसकेको छ । मेटोको ग्लोबल अफेयर्सका अध्यक्ष निक क्लेगले मंगलबार अन्य कम्पनीको एआईबाट बनेका फोटोहरूबारे यस्तो काम गर्न थालेको बताएका छन् ।

मेटाको एआई टुलले मेटाडेटा र अदृश्य वाटरमार्क राख्दै अन्य संस्थालाई एआईबाट निर्मित तस्बिर हो भनेर जानकारी गराउँछ । कम्पनीले गुगल, माइक्रोसफ्ट, ओपनएआई, एडोबी, मिजोर्नी र सटरस्टकबाट पनि यस्तै पहिचान गर्न सकिने उपकरणको विकास थालेको बताएको छ ।

एआईबाट निर्मित तस्बिरहरू पछिल्लो समय नकारात्मक तरिकाले समेत प्रयोग हुन थालेपछि यसमा संलग्न कम्पनीहरु जिम्मेवार बन्ने प्रयासमा लागेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?