मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

बाँसबारी जग्गा प्रकरणमा अरुण चौधरीसहित तीन रिहा

काठमाडौं – बाँसबारी छाला जुत्ता कारखाको जग्गा प्रकरणमा पक्राउ परेका च्याम्पियन फूटवेयर लिमिडेटका सञ्चालक तथा व्यवसायी अरुण चौधरीसहित तीन जना रिहा भएका छन् ।

जिल्ला अदालत काठमाडौंको आदेशअनुसार आज चौधरीसहित बाँसबारी छाला जुत्ता कारखाना लिमिटेडका तत्कालीन कार्यकारी अध्यक्ष अजितनारायण सिंह थापा र सिजी चाँदबाग रेसिडेन्सी प्रालिका सञ्चालक सञ्जय ठाकुर हाजिरी जमानीमा रिहा भएको केन्द्रीय अनुसन्धान ब्युरो ‘सीआईबी’ का प्रवक्ता तथा प्रहरी उपरीक्षक नवराज अधिकारीले जानकारी दिए ।

उनले भने, “जिल्ला अदालत काठमाडौंको आदेशअनुसार हाजिरी जमानीमा आज तीनै जनालाई छाडिएको छ, यद्यपि सो प्रकरणको अनुसन्धान भने जारी छ ।”

सोमबार काठमाडौं जिल्ला अदालतका न्यायाधीश यज्ञप्रसाद आचार्यको इजलासले अनुसन्धानमा सहयोग गर्ने गरी हाजिर जमानीमा छाडी बाँकी अनुसन्धान पूरा गर्न सीआईबीलाई आदेश दिएको थियो । बाँसबारी छाला जुत्ता कारखानाको जग्गा निजीकरण गर्न खोजिएको भन्दै ब्यूरोले उनीहरुलाई पक्राउ गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?