मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

जाडोमा कुन साग खाए कस्तो फाइदा ?

काठमाडौं- जाडोयाममा हामीले स्वास्थ्यको विशेष ख्याल राख्नुपर्छ । जाडोमा शरीरलाई न्यानो बनाउन तातो, झोलीलो खानेकुरा खानुपर्छ ।

जाडोमा हरियो सागसब्जी पनि प्रशस्तै पाइन्छ । यसमा पाइने पोषक तत्वले शरीरलाई स्वस्थ र बलियो बनाउँछ ।

अनुसन्धानका अनुसार हरियो सागपातमा अन्य तरकारीको तुलनामा दोब्बर पोषक तत्व पाइन्छ । औसत वयस्क मान्छेले दैनिक साढे दुई कप हरियो सागपात खानुपर्ने चिकित्सकहरु बताउँछन् । हरियो सागपात नियमित खानाले मधुमेह, उच्च रक्तचाप, मोटोपना र मुटु रोगविरुद्ध लड्न मद्दत गर्दछ ।

मेथीको साग

मेथीमा प्रोटिन, क्याल्सियम, म्याग्नेसियम, फोलिक एसिड, कार्बोहाइड्रेट, जिंक र कपरजस्ता पोषक तत्व पाइन्छ । यस्ता तत्वले शरीरलाई स्वस्थ बनाइ जाडोमा लाग्ने रोग र अन्य स्वास्थ्य समस्याबाट जोगाउँछ ।

पालकको साग

पालकमा पाइने आइरनले शरीरमा आइरनको कमीलाई पूरा गर्छ । यसमा क्याल्सियम र भिटामिन ए जस्ता पोषक तत्व पनि प्रशस्त मात्रामा पाइन्छ ।

यसमा पाइने बिटा क्यारोटिन, भिटामिन ए र सीले क्यान्सर कोशिकाको वृद्धिलाई रोक्छ र म्याकुलर डिजेनेरेशन भनिने आँखाको रोगको जोखिम कम गर्छ । भिटामिन के, फोलेट र ल्युटिन जस्ता पोषक तत्व मस्तिष्कका लागि राम्रो हुन्छ । यसमा पाइने पेप्सिन नामक इन्जाइम र नाइट्रेट तत्वले रक्तचाप र मुटुको रोगबाट बचाउँछ।

बेथेको साग

बेथेको सागमा पनि आइरन, फस्फोरस, भिटामिन ए र डी सहित धेरै खनिज तत्वहरू पाइन्छ । जाडोमा यसको सेवनले कब्जियत, अपच, भोक नलाग्ने र अमिलो डकारबाट पनि राहत मिल्छ । यसले आन्द्रा र रगतलाई पनि सफा गर्छ । बेथेको रसले फोका र चिलाउनेमा आराम दिन्छ । यसको पात काँचो चपाउँदा सासको दुर्गन्धबाट हुँदैन ।

हरियो प्याज

हरियो प्याजले पाचन प्रणालीलाई बलियो बनाउनुका साथै आँखाको ज्योति र छालाको चमक बढाउँछ । हरियो प्याजमा रक्तचाप सामान्य बनाउन र रगत जम्नबाट रोक्नको लागि विशेष गुणहरू हुन्छन् । यसमा क्याल्सियम पनि प्रशस्त मात्रामा पाइन्छ । यसको एन्टी-इन्फ्लेमेटरी गुणले दम र बाथ रोगहरूमा फाइदा पुर्‍याउँछ। यसको एन्टी हाइपर लिपिडेमिक गुणले कोलेस्ट्रोललाई ठीक गर्छ ।

मूलाको साग

मूलाले भोक बढाउनुका साथै पाचन प्रणालीलाई पनि ठिक राख्छ । क्याल्सियम, आयोडिन, म्याग्नेसियम, फस्फोरस र प्रोटिनजस्ता पोषक तत्वहरू पनि प्रशस्त मात्रामा पाइन्छ । मृगौला सम्बन्धी समस्या र पिसाबसम्बन्धी रोगमा मूल खानु उपयुक्त हुन्छ । विज्ञहरूका अनुसार निद्रा नलाग्ने, सधैँ थकान महसुस हुने, घाँटी दुख्ने, कब्जियत, दाँत पहेँलो हुने, सासको दुर्गन्ध जस्ता समस्यामा पनि मूलाको सेवन निकै फाइदाजनक हुन्छ ।

तोरीको साग

तोरीमा फाइबर, क्याल्सियम र प्रोटिन प्रशस्त मात्रामा पाइन्छ। यसको नियमित सेवनले उच्च रक्तचापको जोखिम कम गर्छ र रगतसँग सम्बन्धित विकारहरू पनि हटाउँछ। फाइबर प्रचुर मात्रामा हुने भएकाले यसले मेटाबोलिजमलाई गति दिई तौललाई नियन्त्रणमा राख्छ । भिटामिनको कमीले हड्डीमा हुने कमजोरीलाई यसबाट हटाउन सकिन्छ । यसमा पाइने एन्टिअक्सिडेन्ट क्यान्सरसँग लड्न प्रभावकारी हुन्छ ।

तरकारी खाँदा केमा विशेष ध्यान दिने ?

-सधैँ ताजा तरकारी मात्र किनेर खानुहोस् ।

-हरियो सागसब्जी पहिले धुनुहोस् र त्यसपछि काट्नुहोस् । जसले गर्दा पौष्टिक तत्वहरू धुँदा पानीमा खेर जाँदैन ।

-सागलाई अत्यधिक खाना पकाउने र स्वाद बढाउन धेरै मसलाहरू नराख्नुहोस् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?