मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

भीपीएन चलाउँदा इन्टरनेट ‘स्लो’ भए यसो गर्नुहोस्

काठमाडौँ– आजकल इन्टरनेट प्रयोगकर्ताहरुले साइबर सुरक्षालाई धेरै नै महत्व दिएको पाइन्छ । आफ्नो साइबर डेटाको गोपनियताबारे इन्टरनेट प्रयोगकर्ताहरु सचेत बन्दै गएका छन् ।

इन्टरनेटमा आफ्नो गोपनियता कायम राख्न कतिपय प्रयोगकर्ताले भर्चुअल प्राइभेट नेटवर्क (भीपीएन) को प्रयोग गर्दै आएका छन् । भीपीएनको प्रयोगबाट सरकारले प्रतिबन्ध लगाएका साइटहरु पनि चलाउन सकिने भएकाले पछिल्लो समय पोर्नोग्राफी, टिकटकजस्ता साइट हेर्नका लागि पनि यसको प्रयोग गर्ने बढेका छन् ।

तर, भीपीएनको प्रयोग गर्दा इन्टरनेटको गति सुस्त हुने यसका प्रयोगकर्ता बताउँछन् । भीपीएन प्रयोग गर्दा इन्टरनेटको गति ५० प्रतिशतसम्म कम हुने गरेको पाइन्छ । तर, केही कुराहरूमा ध्यान दिएको खण्डमा भीपीएन प्रयोग गर्दा पनि इन्टरनेटको गतिमा सुधार गर्न सकिन्छ ।

-आफू रहेकै स्थानबाट नजिकै रहेको सर्भरमा कनेक्ट हुँदा भीपीएनको गति उच्च हुन्छ । जस्तै, तपाइ नेपालमा हुनुहुन्छ भने नेपालभित्रै वा छिमेकी देशको भीपीएन सर्भरमा जोडिनु भयो भने तपाइले उच्च गति पाउनुहुन्छ ।

-धेरै प्रयोगकर्ताले एउटै भीपीएन सर्भर प्रयोग गर्दा ओभरलोड भएर पनि इन्टरनेटको गति सुस्त हुन्छ । यस्तो भएको हो भने, आफूले प्रयोग गरिरहेको भीपीएन सर्भरबाट गरेर लोड कम भएको सर्भरमा जोडिँदा पनि इन्टरनेटको गति तीव्र हुन्छ ।

-यदि तपाइको भीपीएन प्रोभाइडरले ‘स्प्लिट टनेलिङ’ फिचर उपलब्ध गराएको छ भने यसको प्रयोग गरेर पनि इन्टरनेटको गति विस्तार गर्न सकिन्छ ।

-यदि तपाईंले ब्याकग्राउन्डमा अरु एपहरु चलाउनुभयो भने पनि भीपीएन कनेक्सनको गति ढिलो हुन्छ । त्यसैले, भीपीएन प्रयोग गर्नुअघि चलाउन चाहेको एपबाहेक ब्याकग्राउन्डमा अरू एप चलिरहेका भए तिनलाई बन्द गर्नुहोस् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?