मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

आज १ सय २२ औं सम जन्मजयन्ती मनाइँदै

काठमाडौँ– आज नाट्यसम्राट बालकृष्ण समको १ सय २२ औं सम जन्मजयन्ती मनाइँदै छ ।

साहित्यका सबैजसो विधामा कलम चलाएका समको स्मरण गर्दै साहित्य, ललितकला र नाट्य क्षेत्रले हरेक वर्ष जन्म जयन्ती मनाउने गरेका छन् ।

नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानले ‘सम्झनामा बालकृष्ण सम’ शीर्षकमा प्रतिष्ठान परिसरमै आज बुधबार विचार गोष्ठी, अन्तक्र्रिया, कवितावाचन, चित्रकला कार्यशाला, वृत्तचित्र प्रदर्शनी गर्दै छ ।

वि‍.‍‍‌‍‌‍‌सं. १९५९ साल माघ २४ गते काठमाडौंको ज्ञानेश्वरमा समको जन्मेका उनको निधन २०३८ सालमा भएको थियो । नेपाली साहित्य जगतका शेक्सपियर मानिने उनको वास्तविक नाम ‘बालकृष्ण शमशेर जङ्बहादुर राणा’ हो । राणा परिवारमा जन्मेर पनि उनले नेपालमा प्रजातन्त्र स्थापनाका लागि आफैं क्रान्तिमा सामेल भए ।

२००७ सालको क्रान्तिपछि भने उनले आफ्नो नाममा शेर हटाएर ‘सम’ लेख्न थाले । १० वर्षकै उमेरदेखि कविता लेख्न थालेका उनले कवितासँगै नाटक, कथा, प्रवन्ध, निवन्ध, जीवनी लगायत क्षेत्रमा कलम चलाएका छन् । उनी कुशल चित्रकार र समीक्षक समेत थिए । उनी अभिनेता, वक्ता र दार्शनिक चिन्तक पनि थिए ।

उनको चित्र सिर्जना र कला समीक्षक व्यक्तित्वलाई भने साहित्यिक स्वरुपले ओझेलमा पारेको छ । मुटुको व्यथा (१९८६), मुकुन्दइन्दिरा(१९९४), प्रेमपिण्ड(२००२) जस्ता उनका नाटकहरुले नेपाली नाट्य क्षेत्रको आयाम फराकिलो बनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?