मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

भ्यालेन्टाइन विक विशेष

शुरु भयो प्रेमको ‘रोमान्टिक सिजन’, आज थरीथरीका गुलाफले प्रेमिल भाव व्यक्त गर्ने दिन

काठमाडौँ– आजबाट प्रेम सप्ताह (भ्यालेन्टाइन विक) सुरु भएको छ । प्रेमिल जोडीले यस सातालाई प्रेम व्यक्त गर्ने पर्वका रुपमा लिन्छन् ।

आज बुधबार फ्रेब्रुअरी ७ अर्थात् ‘रोज डे’ हो । ‘भ्यालेनटाइन विक’ हरेक वर्ष फेब्रुअरी ७ तारिखदेखि सुरु भएर १४ तारिखसम्म मनाउने गरिन्छ ।

केही दिन पहिलेदेखि नै बजारमा रातो, पहेँलो, गुलाबी रंगका गुलाफको व्यापार सुरु भइसकेको छ । यसै पनि ‘रोज डे’ मा अरु बेलाभन्दा बढी गुलाफ बिक्री हुने गर्छ ।

पछिल्लो समय नेपालमा पनि युवा पुस्ताले यस दिनलाई विशेष रुपमा मनाउने गरेका छन् । शहरका फूल पसलहरुमा यतिबेला गुलाफका फूलहरु सजिसकेका छन् । फूल किन्नका लागि युवायुवतीहरुको लहर देखिन्छ ।

यस दिनलाई प्रेमको सप्ताह अर्थात् भ्यालेन्टाइनको सप्ताह सुरुवाती दिनका रुपमा समेत मनाइन्छ । प्रेमको रोमान्टिक सिजनको सुरुवातको प्रतीकका रुपमा लिइन्छ । गुलाफलाई त्यसै पनि प्रेमको प्रतीकको रुपमा लिने भएकाले यस दिन प्रेम प्रणय सूत्रमा बाँधिन चाहनेहरुका लागि विशेष हो ।

आफ्नो मनपर्ने मान्छेलाई गुलाफका साथ प्रेम व्यक्त गर्ने यो पे्रमिल अवसर समेत हो । यस दिन प्रेम गर्ने युवायुवतीहरु प्रेमभावको संकल्पका साथ गुलाफ फूल दिएर एक–अर्कालाई प्रेम समर्पणको भाव व्यक्त गर्छन् । फूलजस्तै सुन्दर र गुलाबी रंगमा उनीहरु आफ्नो सम्बन्धलाई सुमधुर बनाउने सङ्कल्प समेत गर्छन् ।

‘रोज डे’ को इतिहासलाई हेर्दा मुगल बेगम नूरजहाँ जोडिएर आउँछिन् । इतिहास अनुसार आफ्ना पतिले दिएको रातो गुलाफलाई उनले निकै मन पराएकी थिइन् । त्यसपछि उनको खुसीका लागि उनका पतिले दरबारमा प्रत्येक दिन ताजा गुलाफका फूल पठाउँथे ।

अर्काे इतिहास अनुसार महारानी भिक्टोरियाको पालामा मानिसहरूले आफ्नो भावना व्यक्त गर्न गुलाफ साट्ने चलन थियो भन्ने गरिन्छ ।

भनिन्छ, ‘रोज डे’ का दिन दिने गुलाफका रंगहरुले पनि भिन्नाभिन्नै अर्थ राख्छन् ।

रातो गुलाफ- रातो गुलाफले प्रेम, जोश र भावनात्मक पक्षको प्रतीक दर्शाउँछ । यसले तपाईँको माया र भावना कति छ भनेर मनपर्ने व्यक्तिलाई दर्शाउँछ ।

सेतो गुलाफ- सेतो गुलाफले सम्बन्धमा शान्ति र मेलमिलापको भाव बताउँछ । तपाईँका नजिकका साथीसँग झै–झगडा नगरी मित्रताको सम्बन्ध अगाडि बढाउन यो रंगको गुलाफ दिएर सम्बन्ध अगाडि बढाउन सकिन्छ ।

गुलाबी रंगको गुलाफ- गुलाबी रंगका गुलाफ सबैका लागि हुन सक्छ । तपाई आफ्नो प्रेमी वा प्रेमिकालाई मात्र नभएर आफ्ना परिवार वा नजिकका शुभचिन्तकहरुलाई पनि गुलाबी गुलाफ दिएर माया भाव राख्न सक्नुहुन्छ ।

सुन्तला रंगको गुलाफ- सुन्तला रंगको गुलाफ जोश, उत्साह र उमङ्गको प्रतीक मानिन्छ । प्रेमिल जोडी तथा दम्पत्तिहरुले जोश र उत्साहपूर्ण सम्बन्धका लागि यस रंगका गुलाफका फूलहरु दिने गर्छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?