मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

खाना अड्किँदा चितवनका आइतराम कुमालको ज्यानै गयो

काठमाडौं- हामीले खाना खाँदै गर्दा कहिलेकाहीँ घाँटीमा अड्किन्छ । खासगरी सुख्खा वा राम्रोसँग नमुछिएको खाना खाँदा घाँटीमा अड्किने हुन्छ । त्यसबाहेक खानामा खाइने मासुको हड्डी वा अन्य वाह्य वस्तु पनि कहिलेकहीँ घाँटीमा अड्किन्छ ।

धेरैले यस्तो अवस्थालाई कहीलेकाहीँ हुने सामान्य हिसाबमा लिने गरेको पाइन्छ । तर, चितवनमा भने खाना अड्किएर एक जनाको मृत्यु नै भएको छ । घटना चितवनको कालिका नगरपालिका ६ शान्तिटोलमा भएको हो । त्यहाँ खाना खाने क्रममा अड्किएर ६८ वर्षका आइतराम कुमालको मृत्यु भएको हो ।

बेलुकीको खाना खाँदा कुमालको घाँटीमा अड्किएको थियो । खाना अड्किएपछि उनी बेहोस भएका थिए । उपचारका लागि भरतपुर अस्पताल लगिएको थियो । उपचार गर्न अस्पताल लैजाँदै गर्दा उनको राती पौने ९ बजे उनको मृत्यु भएको चितवन प्रहरीले जानकारी दिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?