मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

अनलाइन ठगको नयाँ जुक्ति : ‘डिपफेक’ भिडियो कन्फरेन्स, अढाइ करोड घोटाला

काठमाडौं- पछिल्लो समय प्रविधिका दुरुपयोग गरी ‘डिपफेक भिडियो’ बनाएर सेलिब्रेटी, चर्चित व्यक्तित्व र आम सर्वसाधारणलाई बदनाम गर्ने र दुःख दिने क्रम बढ्दै गएको छ । डिपफेकको दुरुपयोगबाट चर्चित सेलिब्रेटीसँगै ठूलाठूला कम्पनीले पनि हैरानी खेप्नु परेको छ । हालै डिपफेकको दुरुपयोग गरी करोडौँ डलर घोटाला भएको घटना बाहिर आएको छ ।

यस्तो घटना हङकङमा भएको हो । घोटालाबाट एउटा बहुराष्ट्रिय कम्पनीका कर्मचारीको २ करोड ५० लाख डलर स्वाहा भएको छ । ठगहरुले कम्पनीमा काम गर्ने कर्मचारीलाई लक्षित गरी डिपफेक भिडियो बनाएको हो ।

ठगहरुले कम्पनीका प्रमुख वित्तीय अधिकारी र अरु शीर्ष कर्मचारीको डिपफेक भिडियो बनाएका थिए । सोही डिपफेक भिडियोलाई कम्पनीको कन्फरेन्समा देखाइएको थियो । सो कन्फरेन्समा उक्त कम्पनीमा काम गर्ने कर्मचारीलाई पैसा ट्रान्सफर गर्न भनिएको थियो ।

उक्त भिडियो कन्फरेन्समा पीडितबाहेक सबै कर्मचारी नक्कली अर्थात् डिपफेक प्रयोग गरी बनाइएका ‘अवतार’ थिए । डिपफेक बनाउन ठगहरूले सामाजिक सञ्जालमा उपलब्ध भिडियो र अरु फुटेजकोे प्रयोग गरेका थिए ।

कन्फरेन्सपछि पैसा ट्रान्सफर गर्ने कर्मचारीहरुले शंका लागि कम्पनीको मुख्य कार्यालयमा सम्पर्क गर्दा बल्ल आफूहरु ठगिएको थाहा पाएका थिए । घटनाबारे प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?