मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

शंकर महादेवन र जाकिर हुसैनलाई ग्रामी अवार्ड

काठमाडौं – गायक शंकर महादेवन र तबला वादक जाकिर हुसेनले ग्रामी अवार्ड पाएका छन् । यस वर्षको ६६ औँ वार्षिक ग्रामी पुरस्कारमा भारतले ठुलो उपलब्धि हात पारेको छ । भारतीय गायक शंकर महादेवन र प्रख्यात तबला वादक जाकिर हुसैनलाई ग्रामी अवार्ड प्रदान गरिएको छ ।

महादेवन र हुसेनको ब्यान्ड ‘शक्ति’को एल्बम ‘यो पल’ले बेस्ट ग्लोबल म्युजिक एल्बमको उपाधि जितेको हो । यो एल्बममा जम्मा ८ वटा गीत रहेका छन् । ग्रामी अवार्ड संगीतका लागि दिइने विश्वको सबैभन्दा ठुलो पुरस्कार हो । यसको आयोजना लस एन्जलसको क्रिप्टो डट कम एरिनामा गरिन्छ ।

ग्रामी विजेता रिकी केजले एक भिडियो शेयर गर्दै ब्यान्डलाई बधाई दिएका थिए । केजले आफ्नो आधिकारिक एक्स एकाउन्टमा एउटा भिडियो पोस्ट गरेका थिए ।

‘शक्तिले ग्रामी जितेको छ । यो एलबमबाट ४ उत्कृष्ट भारतीय संगीतकारहरू शंकर महादेवन, सेल्वागणेश विनायकराम, गणेश राजगोपालन, उस्ताद जाकिर हुसेन । उस्ताद जाकिर हुसेनले ग्रामी अवार्ड जितेका छन् ।’ हुसेनले उत्कृष्ट बाँसुरी वादक राकेश चौरसियाको साथमा दोस्रो ग्रामी पनि जितेका थिए ।

६६औँ ग्रामी अवार्डमा गायक टेलर स्विफ्ट, ओलिभिया रोड्रिगो, माइली साइरस र लाना डेल रेले यस वर्ष कयौँ ग्रामी अवार्ड हात पारे । ग्रामी अवार्ड २०२४ मा भारतीय संगीतकारहरूको दबदबा रह्यो । गायिका माइली साइरसले आफ्नो करियरकै पहिलो ग्रामी जितिन् । यस वर्षको मनोनयनमा एसजेडएको दबदबा थियो । ९ नामाङ्कनका साथ उनी शीर्ष स्थानमा रहिन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?