मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

क्रोएसिया पठाइदिने भन्दै १४ लाख ठगी गरेको आरोपमा सन्जन प्रजापति पक्राउ

काठमाडौं- वैदेशिक रोजगारीका लागि क्रोएसिया पठाइदिने भन्दै रकम ठगी गरेको आरोपमा एक जना पक्राउ परेका छन्।पक्राउ पर्नेमा भक्तपुर मध्यपुर ठिमी नगरपालिका-३ कौशलटारका ३१ वर्षीय सन्जन प्रजापति रहेका छन्।

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले प्रजापतिलाई मंगलबार मध्यान्ह कौशलटारबाट पक्राउ गरेको हो।कार्यालयका प्रवक्ता रवीन्द्र रेग्मीका अनुसार प्रजापतिले रामप्रसाद साहसहित सात जनाबाट १४ लाख ३५ हजार रुपैयाँ ठगी गरेको आरोप छ।

क्रोएसियामा पुगेपछि प्रतिष्ठित होटलमा मासिक एक लाख रुपैयाँ तलब हुने आश्वासन देखाएर प्रजापतिले व्यक्तिहरूसँग रकम संकलन गर्न थालेका थिए।

प्रतिव्यक्ति १२ लाख रुपैयाँ लागत लाग्ने भन्दै प्रजापतिले रकम संकलन गरेका थिए। रकम संकलन गरेर सम्पर्कविहीन भएपछि पीडितले कार्यालयमा उजुरी दिएका थिए।

उजुरीपछि खोजीका लागि परिचालन भएको प्रहरी टोलीले प्रजापतिलाई पक्राउ गरेको रेग्मीले बताए। पक्राउ परेका प्रजापतिलाई आवश्यक कारबाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचलमा पठाइएको उनले बताए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?