मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

शाहरुख खानकी बहिनीको एक दुर्घटनाले जीवन बदल्यो !

काठमाडौं – बलिउडका बादशाह शाहरुख खानले आफ्नो मेहनतका आधारमा फिल्म इन्डस्ट्रीमा ठूलो नाम कमाएका छन् । अहिले शाहरुखकी छोरी सुहाना खानले पनि फिल्ममा डेब्यु गरेकी छिन् ।

तर के तपाईलाई थाहा छ छोरी सुहाना र श्रीमती गौरी बाहेक शाहरुखको जीवनमा एक महिला छिन् जो उनको एकदमै नजिक छिन् । ती महिला हुन् शाहरुखकी बहिनी शहनाज । शहनाजको बारेमा धेरै कमलाई थाहा होला । शहनाज ‘शहनाज लालरुख खान’ लाईमलाइटबाट टाढा रहन्छिन् ।

शहनाज दाई शाहरुख खानसँग निकै नजिक छिन् । शहनाज शाहरुख खानसँग धेरै पटक देखिएकी छिन् । आर्यन खान जेलबाट घर फर्किएपछि शहनाज शाहरुख खानको घर बाहिर देखिएकी थिइन् ।

तर, उनी ग्ल्यामरबाट टाढा रहन्छिन् र उनलाई हेर्दा उनी सुपरस्टार शाहरुख खानकी बहिनी हुन् भन्ने अनुमान गर्न सकिँदैन । यो पुरानो तस्बिरमा शाहरुखलाई बहिनी शहनाजसँग देख्न सकिन्छ । यो तस्बिरमा शहनाजको सादगी देखिन्छ ।

शहनाजको जीवनसँग सम्बन्धित केही धेरै दर्दनाक कथाहरू छन्। शाहरुख खान आफैंले एक अन्तर्वार्ताका क्रममा आफ्नी बहिनी शहनाज डिप्रेसनको सिकार भएको र निकै नराम्रो समय पनि देखेको बताएका थिए ।

वास्तवमा, शाहरुखका पिताको मृत्युको शोक शहनाजका लागि निकै गहिरो थियो । बुवाको शव देखेर लडेर टाउकोमा चोट लागेको थियो, भारतमा डाक्टरले जवाफ दिएपछि विदेशमा उनको उपचार भयो । शहनाज धेरै शिक्षित र बुद्धिमानी थिइन्, तर एउटा घटनाले उनको जीवन बदल्यो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?