मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

निकुञ्ज र आसपासका क्षेत्रमा एघार गैँडा मरे

चितवन – चितवन राष्ट्रिय निकुञ्ज र आसपासका क्षेत्रमा चालु आर्थिक वर्षमा ११ वटा गैँडा मृत भेटिएका छन् । मृत भेटिएकामध्ये दुई वटा चोरी सिकारीले मारेका र नौ वटा प्राकृतिक कारणले मरेका निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीले जानकारी दिए ।

उनका अनुसार प्राकृतिक कारणले मर्नेमा दलदलमा फसेर, बिरामी भएर, जुधेर, बाघको आक्रमणमा परेर र बुढो भएर मरेका थिए ।

सोमबार पश्चिम चितवनको राप्ती नदी किनारमा मृत भेटिएको भाले गैँडा बुढो भएर मरेको र अन्दाजी ३० वर्षको सो गैँडाको खाग, खुर सुरक्षित रहेको सूचना अधिकारी तिवारीले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?