मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

बन्दागोभी खाए लाभैलाभ, मुटुरोगीका लागि झन् राम्रो

काठमाडौं- बन्दागोभी हाम्रो भान्सामा परिचित तरकारी हो । गाँउघरमा पनि प्रशस्तै बन्दागोभीको खेती हुन्छ । सिजनमा बन्दागोभीको भाउ पनि सस्तै हुन्छ ।

कतिपयलाई भने बन्दागोभीको तरकारी मन पर्दैन । तर, बन्दागोभी मानव स्वास्थ्यका लागि निकै फाइदाजनक तरकारी हो ।

बन्दागोभीको तरकारी खानुका फाइदाहरु-

–यसमा पर्याप्त मात्रामा फाइबर हुन्छ ।

– बन्दागोभीलाई भिटामिन के. सी. ए, बी ६ र आइरनकाे पनि राम्रो स्रोत मानिन्छ ।

–बन्दागोभीले मुटुको स्वास्थ्यलाई सुधार गर्दछ भने उच्च रक्तचाप नियन्त्रणमा पनि सहयोग पुर्‍याउँछ ।

–यसमा कम क्यालोरी हुन्छ जुन मधुमेहका बिरामीको लागि उपयुक्त मानिन्छ ।

–यसमा पाइने एन्टिअक्सिडेन्टले दीर्घरोग लाग्नबाट बचाउँछ ।

–बन्दागोभी मधुमेह (मोटोपना) भएका व्यक्तिहरुका लागि पनि निकै फाइदाजनक मानिन्छ । यसमा पाइने सोलुबल फाइबर र प्लान्ट स्टेरोल्सले कोलेस्टोरोल घटाउन सहयोग गर्छ ।

–यो तरकारी सम्रगमा सुगर, उच्च रक्तचाप, कोलेस्टोरोल, मोटोपना र मुटुरोग जस्ता स्वास्थ्य समस्या भएका बिरामीका लागि स्वस्थवर्द्धक माानिन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?