मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

यी हुन् अमेरिकामा धेरै प्रयोग हुने सामाजिक सञ्जाल एप

काठमाडौँ– पछिल्लो समय सामाजिक सञ्जालका माध्यमहरूको प्रयोगले पनि प्रविधिको विकाससँगै व्यापकता पाएका छन् । 

योसँगै एक अर्कासंग कुरा गर्नका लागि तथा सूचना तथा सन्देशहरू आदानप्रदान गर्नको लागि प्रयोग हुने फेसबुक, ट्विटर, इन्स्टाग्राम जस्ता धेरै एपहरूको विकास भएको छ । 

यी एपहरूको कुरा गर्दा सबैभन्दा बढी कुन एप प्रयोग हुने गर्दछ भनेर भन्न अलि कठिन छ ।

तर अमेरिकामा गरिएको एक सर्वेक्षणमा भने सबैभन्दा युट्युब र फेसबुक सबैभन्दा बढी प्रयोग हुने सोसल मिडिया प्लेटफर्म भएको दाबी गरिएको छ ।

प्यू रिसर्च सेन्टरले सार्वजनिक गरेको उक्त प्रतिवेदनका अनुसार अमेरिकामा मात्रै पनि १० जनामध्ये ८ जनाले युट्युब प्रयोग गर्ने गर्दछन् ।

फेसबुक ६८ प्रतिशत सेयरसहित दोस्रो स्थानमा छ । इन्स्टाग्राम ४७ प्रतिशतका साथ तेस्रो स्थानमा छ ।

प्यू रिसर्च सेन्टरले एक प्रतिवेदन सार्वजनिक गरेको छ । यो रिपोर्टले अमेरिकामा १० जनामध्ये ८ जनाले युट्युब प्रयोग गर्ने गरेको उल्लेख छ । 

फेसबुक दोस्रो स्थान र इन्स्टाग्राम ४७ प्रतिशतका साथ तेस्रो धेरै प्रयोग हुने एपको स्थानमा रहेको छ । 

रिपोर्टमा भनिएको छ कि युट्युब एक मात्र एप हो जुन वयस्क र बच्चाहरू माझ लोकप्रिय रहेको छ ।

प्रतिवेदनमा भनिएको छ कि इन्स्टाग्राम, स्न्यापच्याट र टिकटक ३० मुनिको उमेर समूहमा लोकप्रिय रहेको पाइएको छ । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?