मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

तपाईँकी सासुआमाकाे स्वभाव ‘रुखो’ छ ?, घर–व्यवहार सहज बनाउने यी हुन् उपाय

एक युवती विवाहित महिला बन्दा उसको व्यक्तिगत जीवनमा आमूल परिवर्तन आउँछ । श्रीमान्को घरका सबै व्यक्तिको व्यवहार थाहा नहुँदा कोसँग कसरी प्रस्तुत हुने भन्ने अन्यौलताले वैवाहिक जीवनका सुरुवाती दिनहरू कठिनाइका बिच चल्छन् ।

विवाहित महिलाले श्रीमान्पछि सबैभन्दा बढी फेस गर्नुपर्ने व्यक्ति सासुआमा हुन्छिन् । कतिपय सासुआमा त आफूलाई जन्म दिने आमा जस्तै पनि हुन्छिन् । तर, नेपाली समाजमा सबै सासु आमा हुँदैनन् ।

यदि तपाईँकी सासु पनि आमा जस्ती छैनन्, रुखो स्वभावकी छन् भने उनीहरूसँग कसरी डिल गर्ने त ? आज हामीले तपाईँका लागि रुखो स्वभावकी सासुआमालाई कसरी फेस गर्ने भनेर केही ‘टिप्स’ लिएर आएका छौँ ।

आफ्नो व्यवहार स्पष्ट पार्नुहोस्

तपाईँलाई पक्कै पनि थाहा हुनुपर्छ कि, रुखो स्वभावका मानिसहरू बनावटी कुरा मन पराउँदैनन् । उनीहरू कुनै पनि विषयमा स्पष्ट कुरा राख्दछन् र अरूबाट पनि स्पष्ट जवाफ चाहन्छन् । त्यसैले तपाईँकी सासुआमा पनि रुखो स्वभावकी छन् भने उनीहरूसँग स्पष्ट कुरा राख्नुहोस् । साथै आफ्नो व्यवहार पनि स्पष्ट पार्नुहोस् । लोतेपोते व्यवहार देखाएर प्रभावमा पार्ने कोसिस नगर्नुहोस् ।

दुरी बनाएर राख्नुहोस्

सासुआमाले उमेरका हिसाबले जीवनको अनुभव तपाईँको भन्दा धेरै नै सँगालिसकेकी हुन्छिन् । यस्तो अवस्थामा तपाईँको व्यवहारमाथि पनि उनीहरू आफ्नो अनुभवका आधारमा मूल्याङ्कन गर्ने गर्छन् । यस कारण तपाईँ आफ्नी सासुआमासँग सधै एक समान प्रकारको दुरी बनाएर राख्नुहोस् । उनका अगाडि अरूका कुरा काट्ने र उनको झुटो प्रशंसा गर्ने काम भुलेर पनि नगर्नुहोस् ।

पतिको अगाडि प्रशंसा गर्नुहोस्

यदि सासुआमालाई आफ्नी बुहारीको केही व्यवहार मन परेन भने उनले आफ्नो छोरासँग त्यसको गुनासो गर्छिन् । यस्तो अवस्थामा तपाईँले आफ्नो पति (सासुको छोरा)का अगाडि जहिले पनि उनको राम्रो बानीको प्रशंसा गर्नुहोस् । केही नराम्रा व्यवहार छन् भने पनि भुल्ने कोसिस गर्नुहोस् । कहिलेकाहीँ देखावटी व्यवहारले पनि फाइदा पुर्‍याउन सक्छ । तर, सधैँ देखावटी व्यवहार अपनाउनु राम्रो हुन सक्दैन ।

गुनासो सुन्नुहोस्

उमेर बढ्दै गएपछि मानिसहरूमा झर्किने, सानो सानो कुरामा पनि रिसाउने जस्ता व्यवहार देखिन जान्छन् । तपाईँकी सासुमा पनि यस्तै प्रकारको कुनै समस्या हुन सक्छ । उनीहरू आफ्नो मनको पीडा पोख्नका लागि भए पनि रिसाउने गर्छन् । त्यस कारण उनीहरूले तपाईँसँग गुनासो गर्ने तथा रिसाउने गरेका हुन सक्छन् । यसका लागि तपाईँले उनीहरूको कुरा सुन्ने बानी बसाल्नुपर्ने हुन्छ । यदि तपाईँले धैर्यताका साथ उनका कुरा सुनिदिनुभयो भने उनीहरू शान्त हुन्छन्, तपाईँप्रतिको सोचमा परिवर्तन आउने र उनीहरूले सकारात्मक व्यवहार देखाउने क्रम बढ्दै जान्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?