मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

बेलायती राजा चार्ल्स तृतीयलाई क्यान्सर पुष्टि

काठमाडौँ – बेलायती राजा चार्ल्स तृतीयलाई क्यान्सर पुष्टि भएको छ । प्रोस्टेट ग्रन्थीमा देखिएको समस्याको चेकजाँच गर्ने क्रममा राजा चार्ल्समा क्यान्सरको सङ्क्रमण भएको पत्ता लागेको हो।

यद्यपि क्यान्सरको प्रकारबारे खुलाइएको छैन भने उनमा देखिएको क्यान्सर प्रोस्टेटसँग सम्बन्धित नभएको बताइएको छ।  

सोमबारदेखि उनको उपचार सुरु गरिएको बीबीसीले उल्लेख गरेको छ । ७५ वर्षीय राजा अस्पतालमा भर्ना भने भएका छैनन् उनकाे ‘आउटडोर प्यासेन्ट’का रूपमा उनको उपचार चलिरहेको छ।

बकिङ्गम दरबारले राजा आफ्नो उपचारप्रति पूर्ण रूपमा सकारात्मक रहेको र जतिसक्दो चाँडो सार्वजनिक जिम्मेवारीमा फर्किन इच्छुक रहेको जनाएको छ। उनमा क्यान्सर भएको प्रारम्भिक चरणमै पत्ता लागेको समेत बताइएको छ । 

राजदरबारका प्रवक्ताले सोमबार एक वक्तव्य जारी गर्दै राजाको नियमित उपचारको तालिका सुरु गरिएको बताएका छन्। साथै डाक्टरहरूले यस अवधिमा उनलाई सार्वजनिक रूपमा वहन गर्नुपर्ने जिम्मेवारीहरू स्थगित गर्न भनेका छन्। 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?