मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

यी खानेकुराले छुट्न सक्छ धूम्रपानको लत

धूम्रपान स्वास्थ्यका लागि हानिकारक चिज हो । यसको सेवनले क्यान्सर जस्तो प्राणघातक रोग निम्त्याउँछ ।

यसको धुवाले निकै असर गर्छ । चुरोट सेवन गर्नेलाई भन्दा उसको छेउमा बसेर त्यसको धुवा खाने व्यक्तिको स्वास्थ्यमा बढी असर पुग्छ भन्ने कुरा तपाईँले पनि सुन्नुभएको होला । 

प्रायलाई थाहा छ, क्यान्सर र मुटु रोगको प्रमुख कारण धूम्रपान हो । चुरोटमा निकोटिन हुन्छ र निकोटिन लागूपदार्थ हो । धेरैले धूम्रपान त्याग्न अनेकौँ उपाय अपनाउँछन् तर सकिरहेका हुँदैनन् ।

यस कारण आज हामी चुरोटको लत छुटाउने उपायको विषयमा कुरा गर्दछौ । 

धूम्रपानको लत छुटाउने खानेकुरा :

– नियमित एक गिलास दूध पिउँदा धूम्रपान गर्न मन लाग्दैन ।

– नुनिलो खानेकुरा खाँदा पनि चुरोट पिउन मन लाग्दैन । चुरोट तान्न मन लागेको बेलामा नुनिलो खानेकुरा खानु लाभदायक हुन्छ ।

– तरकारीमा गाजर, ब्रोकाउली, काँक्रो र ज्वानो जस्ता कुरा चपाएर खाँदा चुरोटको तलतलबाट छुटकारा मिल्छ । नियमित यी कुरा खाँदा चुरोट बेस्वाद लाग्न थाल्छ ।

– धूम्रपान गर्नेले एक्कासि चुरोट खान छाड्दा रगतमा चिनीको मात्रा घट्छ जसका कारण टाउको दुख्छ, चक्कर आउँछ । यस्तो बेलामा जौ खाँदा निकोटिन तिर फर्किन मन लाग्दैन ।

– चुरोटको तलतल छाड्न अदुवा सबैभन्दा प्रभावकारी मानिन्छ । एक टुक्रा अदुवालाई पिसेर एक चम्चा चिनीमा मिसाएर नियमित खाँदा धूम्रपानको लत छुट्दै जान्छ ।

– धूम्रपान त्याग्न सुन्तला खानु लाभदायक हुन्छ । सुन्तलाको जुस पनि त्यत्तिकै प्रभावकारी हुन्छ । यसमा भएको भिटामिन सिले चुरोटका कारण पुगेको क्षतिलाई पनि न्यूनीकरण गर्छ ।

– गोलभेँडाको सुगन्धले चुरोटको गन्धलाई घटाउँछ । यसको जुस पिउँदा चुरोट पिउँदा जत्तिकै मजा आउँछ साथै हानि पनि हुँदैन ।

– चुरोट तान्दा पाउने सन्तुष्टि काजु बदाम चपाउँदा पनि मिल्ने गर्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?