मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

आमिर खान जब फिल्मको अडिसनमा रिजेक्ट भए…

काठमाडौं – आमिर खानको फिल्मी यात्रा ३० वर्षभन्दा लामो छ । यो अवधिमा उनले कयौँ सुपर हिट र ब्लकबस्टर फिल्म दिएका छन् । उनको अभिनय र उत्कृष्ट चलचित्रका लागि उनलाई मिस्टर परफेक्शनिस्टको ट्याग नै दिइएको छ ।

हरेक फिल्ममा उनी नयाँ नयाँ भूमिकामा दर्शकलाई छक्क बनाउँछन् । यिनै मिष्टर पर्फेक्शनिष्ट एउटा फिल्मको अडिसनमा रिजेक्ट भएका छन् । के तपाईंलाई यो कुरा थाहा छ ? हो तपाई सही सुन्दै हुनुहुन्छ । यो फिल्म थियो लापता लेडिज ।

यस फिल्मलाई आमिरकी पूर्वपत्नी किरण रावले निर्देशन गरेकी हुन् । आमिरलाई रिजेक्ट गरेर सो फिल्ममा भोजपुरी फिल्मका सुपरस्टार भनेर चिनिने रवि किशनलाई छानिएको थियो । अर्थात् किरण रावको निर्देशनमा बनेको उक्त फिल्ममा आमिरको सट्टामा रवि किशनलाई लिइएको थियो ।

किरणले १३ वर्षको अन्तरालपछि कमेडी ड्रामा ‘लाप्ता लेडिज’ निर्देशन गरेकी हुन् । यसअघि उनले ‘धोबीघाट’ निर्देशन गरेकी थिइन् । हालै किरण रावले एक अन्तर्वार्तामा आफ्ना पूर्व पति आमिर खानले फिल्ममा रवि किशनको भूमिकाका लागि अडिसन दिएको खुलासा गरेकी थिइन् । तर, उनको अडिसन टेप हेरेपछि किरणलाई उक्त पात्रका लागि आमिरभन्दा रवि सुहाउँछन् भन्ने महसुस भयो ।

‘आमिर खानलाई ‘लाप्ता लेडिज’ मा विशेष भूमिका खेल्न भनेकी थिएँ । यो भूमिकाबारे आमिर र मैले लामो समयदेखि छलफल पनि गरेका थियौँ । फिल्ममा रवि किशनले इन्स्पेक्टर मनोहरको भूमिका निर्वाह गरेका छन् । आमिरले पनि यो भूमिकाको लागि अडिसन दिएका थिए । आमिरको अडिसन साँच्चै राम्रो थियो’ द विकलाई दिएको एउटा अन्तरवार्तामा किरणले भनिन् ।

तर किरणले जब आमिरलाई रवि किशनको अडिसन टेप देखाइन् सो भूमिकाका लागि रवि किशन नै उपर्युक्त हुन्छन् भन्नेमा उनी पनि सहमत भए । उक्त पात्रलाई आफूले भन्दा राम्रोसँग रविले निर्वाह गर्न सक्छन् भन्नेमा आमिर पनि एकमत थिए ।

आमिर खानको प्रोडक्सन हाउस र जियो स्टुडियोको ब्यानरमा बनेको यो फिल्म आउँदो मार्चमा रिलिज हुँदै छ । फिल्ममा नितान्शी गोयल, प्रतिभा रत्न, स्पर्श श्रीवास्तव र छाया कदम लगायत प्रतिभाशाली कलाकारहरु छन् । चलचित्रको ट्रेलर केही समयअघि सार्वजनिक भएको थियो । यसलाई दर्शकले निकै मन पराएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?