मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

मकवानपुरको पहाडी भेगमा ढकमक्क फुले लाली गुराँस

मकवानपुर – मकवानपुरको पहाडी भेगमा ढकमक्क लालीगुराँस फुलेका छन् । मकवानपुरको पहाडी क्षेत्रमा पर्ने पर्यटकीय नगरी थाहा नगरपालिकाको दामन, कैलाश, भीमफेदी, इन्द्रसरोबर गाउँपालिका क्षेत्रमा ढकमक्क लाली गुराँस फुलेका हुन् ।

विगतका वर्षमा फागुनमा फुल्ने राष्ट्रिय फूल लालिगुँरास यस वर्ष माघमै फुलेको हो । विगतका वर्षहरूमा फागुनको अन्तिम सातादेखि फुल्न सुरु गर्ने र चैतसम्म रहने गरेको थियो । यस वर्ष भने पुसबाटै लाली गुराँस फुलेको र माघमा अस्ताउन थालेको हो ।

लाली गुराँस फुलेसँगै दामन–सिमभञ्ज्याङ घुम्न आउने पर्यटकहरूका लागि थप आकर्षणको केन्द्र बनेको छ । हेटौँडाबाट काठमाडौंको यात्राका क्रममा त्रिभुवन राजपथ र हेटौँडा कुलेखानी फाखेल तथा हेटौँडा कुलेखानी चन्द्रागिरि सडकको यात्रा गर्नेहरूलाई ढकमक्क फुलेको लाली गुराँसले स्वागत गरिरहेको छ । समुद्री सतहदेखि १ हजार ४०० मिटर उचाइदेखि १ हजार ५५० मिटर उचाइका जंगलमा लालीगुराँस फुल्न थालेको अनुमान गरिएको छ ।

जलवायु परिवर्तनका कारण फागुन चैतमा फुल्ने लालीगुराँस करिब १ महिना अगावै फुलेको हो । चैतमा हुने तापक्रम फागुनमा, फागुनमा हुने तापक्रम माघमा हुन थालेपछि फागुन चैतमा फुल्ने लालीगुराँस माघ फागुनमा फुल्न थालेको डिभिजन वन कार्यालय धादिङका प्रमुख विष्णुप्रसाद आचार्यले प्रतिक्रिया दिए । समय अगावै लाली गुराँस फुल्नुको मुख्य कारण जलवायु परिवर्तन रहेको उनले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?