मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

दक्षिण कोरियामा मंगोलियन हार्टले कन्सर्ट गर्ने

काठमाडौं । मंगोलियन हार्टले करिव ५ बर्षपछि दक्षिण कोरियामा कन्सर्ट गर्ने भएको छ । मंगोलियन हार्ट समूह गायनमार्फत स्थापित नेपालको पुरानो र चर्चित ब्यान्ड हो ।

गत अप्रिलमा १० वर्षपछि अस्ट्रेलियामा सांगीतिक यात्रा सुरु गरेको ब्यान्डले अहिले आफ्नो प्रस्तुति दिन दक्षिण कोरिया जाने बताएको छ । आगामी शुक्रबार दक्षिण कोरियाको सियोलको छोहरा ओगमास्थित ब्यान्डले डोंगदे मुनमा सांगीतिक प्रस्तुति दिने तय भएको ब्यान्डका म्यानेजर एवं गिटारिस्ट बबी लामाले जानकारी दिए।

नेपाल–कोरिया कल्चरल एक्सचेन्ज एसोसिएसनको आयोजनामा हुने कार्यक्रममा गायक राजु लामाको यो ब्यान्डले आफ्ना चर्चित र नयाँ गीतहरू प्रस्तुत गर्नेछ। ‘पाँच वर्षपछि दक्षिण कोरिया जान पाउँदा हामी उत्साहित छौँ। त्यहाँ दर्शकलाई पक्कै केही सरप्राइज दिनेछौँ,’ म्यानेजर लामाले बताए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?