मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

सामसुङका प्रमुखलाई शेयरसँग सम्बन्धित मुद्दामा सफाइ


काठमाडौं – दक्षिण कोरियाको एक अदालतले सामसुङ इलेक्ट्रोनिक्सका प्रमुख ली जे–योङलाई निर्माण तथा इन्जिनियरिङ कम्पनी सामसुङ सी एण्ड टी र चेइल इन्डस्ट्रिजबीच सन् २०१५ को विवादास्पद कम्पनी एकीकरण हुँदा गरिएको शेयरसँग सम्बन्धित विभिन्न अपराधबाट सोमबार सफाइ दिएको छ ।

योनहाप समाचार एजेन्सीका अनुसार अदालतले आलोचकहरूले खराब नियतले सामसुङको तेस्रो पुस्तामा लीलाई स्थापित गर्ने उद्देश्यबाट गरिएको भनी दावी गरेको एकीकरण ‘मर्जर’ को माध्यमबाट ‘शेयरधारक’हरूलाई हानि पु¥याउने मनसायलाई मान्यता नदिएको ठहर गरेको छ ।

योनहाप समाचार एजेन्सीका अनुसार अदालतको फैसलामा ‘लीको नियन्त्रणलाई बलियो बनाउनु र उनको उत्तराधिकार सुनिश्चित गर्नु मर्जरको एकमात्र उद्देश्य नभएको’ ठहर गरिएको छ ।

सियोल सेन्ट्रल डिस्ट्रिक्ट कोर्टको फैसलाले सन् २०१५ मा निर्माण तथा इन्जिनियरिङ कम्पनी सामसङ सी एण्ड टी र चेइल इन्डस्ट्रिजबीच भएको मर्जरमा शेयर मूल्यमा धाँधली, विश्वासघात र लेखासम्बन्धी भ्रष्टाचारलगायत विभिन्न आरोपबाट लीलाई सफाइ दिएको हो ।

“आजको फैसलाले एकीकरणका क्रममा कम्पनीहरूको शेयर विभाजन वैध थियो भन्ने ठहर गरेको छ । हामी अदालतको विवेकपूर्ण निर्णयका लागि हार्दिक धन्यवाद दिन्छौं,” लीका वकिलद्वारा जारी संक्षिप्त वक्तव्यमा भनिएको छ ।

आलोचकहरूले सन् २०१५ को अधिग्रहणले जानीजानी निर्माण फर्मको शेयर मूल्यलाई कम मूल्याङ्कन गरेको यसको शेयरधारकहरूलाई अनुचित रूपमा प्रभावित पारेको दावी गरेका थिए ।

उच्चस्तरीय जालसाजी र अनियमितताको मुद्दामा जेल सजाय भुक्तान गरिसकेका ली सामसुङ इलेक्ट्रोनिक्सका वर्तमान कार्यकारी अध्यक्ष हुन् । योनहापको एक रिपोर्टका अनुसार यस सम्झौतामा सामसुङको सी एण्ड टीको तीन वटा शेयर बजारिकरण शेयरको लागि प्रस्ताव गरिएको थियो ।

अभियोजन पक्षले नोभेम्बरमा आफ्नो अन्तिम बहसमा कम्पनीहरूको शेयर विभाजन प्रक्रियामा समूह प्रमुखको सहज उत्तराधिकारको लागि ‘केही अवैध कार्यहरू अवलम्वन गरिएको उल्लेख गरिएको थियो ।

एक पर्यवेक्षकले एएफपीसँग कुरा गर्दै लीलाई ‘फ्रि पास’ दिइएको भन्दै अदालतले उनलाई सफाइ दिएकोमा आफूहरू स्तब्ध भएको बताए । मुद्दाबारे पहिलो पटक सुनुवाई शु भएको करिब तीन वर्षपछि यो फैसला आएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?