मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

जाडोमा कान दुख्नबाट जोगिन यसो गरौँ


काठमाडौँ– जाडोको समयमा धेरैजसोलाई कान दुख्ने समस्या हुन्छ । यही समस्याले पछि कान पाक्ने, टाउको दुख्ने र पछि बहिरो हुने समस्याहरु समेत निम्तिन सक्छन् । जाडो मौसममा चिसोका कारण धेरैजसोले शरीर सरसफाइमा ध्यान दिँदैनन् ।

कानको सरसफाइमा त अझ धेरैले बेवास्ता गरिरहेका हुन्छन् । चिसोमा तातो कपडाले कान ढाक्दा कपडामा भएका धुलो समेत छिरिरहेका हुन्छन् ।

यस्तो अवस्थामा सरसफाइको कमी भएमा फोहोर जम्मा भएर कान दुख्ने समस्या हुन सक्छ । चिकित्सकका अनुसार चिसो, सुख्खा हावा र सङ्क्रमणका कारण पनि यस्तो समस्या देखिने हुन्छ ।

कहिलेकाहीँ दुख्नु सामान्य भएपनि लगातार कान दुख्दा बेवास्ता गर्नु नहुने चिकित्सको सुझाव छ । यस्तो बेला तुरुन्त चिकित्सकलाई देखाइहाल्नुपर्छ ।

कान दुख्न नदिन यस्ता उपाय अपनाउन सकिन्छ :

–कानलाई न्यायो र सफा राख्न सफा र सुरक्षित इयरफर्मको प्रयोग गर्ने
–चिसो हावाबाट जोगिनका लागि टोपी वा हेयरब्याण्डहरु लगाउने
–ऊनी वा ऊनीबाट बनेका कपडा, टोपी वा इयरफर्मको प्रयोग गर्ने ।
–चिसो मौसममा भिजेको कानमा बढी जोखिम हुने भएकोले सकेसम्म वर्षा वा हिउँ परेको समयमा हुड वा छाताको प्रयोग गर्ने
– सुख्खापनबाट जोगिन सुरक्षित एवम् गुणास्तरीय मस्चराइजर हल्का लगाउने
– कपास वा नरम कपडाले कानको सरसफाइ गर्ने
-केही समस्या आइपरे विशेषज्ञलाई देखाएर सल्लाहबमोजिम कानको उपचार र हेरचाह गर्ने

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?