मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

विवाह बन्धनमा बाँधिए रमेश बिजी

काठमाडौँ– राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठान नेपालका निवर्तमान केन्द्रीय अध्यक्ष तथा लोक गायक रमेश बिजी विवाह बन्धनमा बाँधिएका छन् ।

बिजीले स्याङ्जा निवासी हाल अष्ट्रेलियामा बस्दै आएकी शर्मीला श्रेष्ठसँग माघ २१ गते बिहे गरेका हुन् ।

उनले आइतबार राती बिहेका तस्वीरहरु सामाजिक सञ्जालमा सार्वजनिक गरेपछि आफन्त तथा साथीभाइले बधाई तथा शुभकामना दिइरहेका छन् ।

गायन मात्र नभएर लोक तथा आधुनिक गीत लेखनमा समेत ख्याति कमाएका उनका ‘सरर पानी घट्टमा’, ‘बचनको घाउ’, ‘म हुरीमा दियो’ लगायतका गीतहरु चर्चित छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?