मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

सेलिब्रेटी

दश अभिनेत्री, जो सुन्दरताका कारण सधैँ चर्चामा रहन्छन्

काठमाडौं– कलाकारका लागि अभिनय र सुन्दरता महत्वपूर्ण दुई पाटा हुन् । किनकि अभिनय र सुन्दरता दुवै कुरा दर्शक आकर्षणका माध्यम हुन् ।

अझ अभिनेत्रीको हकमा त सुन्दरताले विशेष महत्त्व राख्छ । नेपाली फिल्म वृत्तमा पनि सदाबहार सुन्दरी अभिनेत्रीदेखि नयाँपुस्ताका सुन्दरी अभिनेत्रीको उपस्थिति बाक्लो छ । यहाँ तिनै १० सुन्दरी अभिनेत्रीको चर्चा गरिएको छ ।

करिश्मा मानन्धर
अभिनेत्री करिश्मा मानन्धर नेपाली फिल्म वृत्तकी सदाबहार सुन्दरी अभिनेत्रीमा पर्छिन् । फिल्म ‘सन्तान’बाट नेपाली रजतपटमा डेब्यू गरेकी करिश्माले त्यो समयको सुन्दरतालाई अहिलेसम्म पनि ताजै राखेकी छन् ।

करिश्माले आफ्नो सुन्दरतामा कुनै पनि कमी हुन दिएकी छैनन् । उमेरले आधा शतक पार गरे पनि करिश्माले सुन्दरतामा उमेरलाई एक छेउ पनि पर्न दिएकी छैनन् ।

मिरुना मगर
सुन्दरी अभिनेत्रीको नाम लिँदा मिरुना मगर पनि पर्छिन् । मिरुनाले फिल्म ‘लालपुर्जा’बाट अभिनयमा पाइला चालिन् । तर सफलताको स्वाद चाख्न ‘कबड्डी ४’ पर्खनु पर्‍यो ।

मिरुना जति राम्री छिन्, उनको हाँसो उति नै सुन्दर छ । मिरुना अहिले व्यस्त अभिनेत्रीमा पर्छिन् । ‘कबड्डी ४’ पछि उनले ‘जारी’ र ‘नाङ्गो गाउँ’ फिल्मबाट आफूलाई हिट अभिनेत्रीका रुपमा स्थापित गरिसकेकी छिन् ।

स्वस्तिमा खड्का
अभिनेत्री स्वस्तिमा खड्का पनि निकै सुन्दर छिन् । उनले आफ्नो सुन्दरतालाई निकै मेन्टेन गरेकी छिन् । अभिनयमा अब्बल स्वस्तिमाले अभिनयसँगै सुन्दरतालाई पनि उत्तिकै अब्बल बनाएकी छन् ।

उनी अभिनित पछिल्लो फिल्म ‘दिमाग खराब’ बक्सअफिसमा हिट साबित भइसकेको छ ।

नम्रता श्रेष्ठ
सुन्दरताको कुरा गर्दा नम्रता श्रेष्ठ पनि पर्छिन् । उनको अभिनय जस्तै सुन्दरता पनि परिपक्क छ । उनी कम फिल्ममा अभिनय गर्छिनु, तर आफ्नो सुन्दरतालाई सन्तुलनमा राखिरहेकी हुन्छिन् ।

फिल्म ‘सानो संसार’बाट अभिनयमा पाइला चालेकी नम्रताका पछिल्ला फिल्म बक्सअफिसमा असफल भए पनि उनको सुन्दरताले जो कोही फ्यान असफलतालाई बिर्सन्छन् ।

प्रियंका कार्की
अभिनेत्री प्रियंका अभिनय र नृत्यमा जति अब्बल छिन्, सुन्दरतामा पनि उनको अब्बलता उस्तै छ । उनी हरेक समय आफूलाई सौन्दर्यका हिसाबले फिट राख्छिन् ।

एक छोरी आयांकाकी आमा प्रियंकाले सुन्दरतामा आफू आमाकी छोरी पनि हुँ भन्ने आभास दिएकी छैनिन् । साधारण साडीमा होस् या विकिनीमा प्रियंकाले सुन्दरतालाई कायमै राखेकी छन् ।

वर्षा राउत
सुन्दरताको कुरा गर्दा वर्षा राउतको नाम छुट्दैन । अभिनयको कुरा गर्दा चाहे कमेडी होस् अथवा प्रेमकथा होस्, जुनसुकै चरित्रमा उनी आफूलाई फिट राख्छिन् । वर्षा जति सुन्दर छिन्, उनको मुस्कान र हाँसो उस्तै सुन्दर देखिन्छ ।

आँचल शर्मा
अभिनेत्री आँचल शर्माको सुन्दरता अन्य अभिनेत्रीहरुको भन्दा कम छैन । अभिनयका अलावा उनको सुन्दर पक्ष भनेको सुन्दरता पनि हो ।

चाहे रजतपट अभिनय होस् या म्यूजिक भिडियो, उनले अभिनयसँगै सुन्दरताको बहार छोडिरहेकी हुन्छिन् । उनको हाँसोको पनि जोकोही प्रशंसक छन् ।

उपासना सिंह ठकुरी
फिल्म ‘क्याप्टेन’बाट फिल्मी अभिनयमा डेब्यू गरेकी अभिनेत्री उपासना सिंह ठकुरी पनि सुन्दरी अभिनेत्रीमा पर्छिन् । भलै उनले हालसम्म चार फिल्ममा मात्र अभिनय गरेकी छिन् ।

तर फिल्म वृत्तमा उनको अभिनयका अलावा सुन्दरताको उत्तिकै चर्चा हुने गरेको छ । उनको सुन्दरतासँगै बोल्ने शैलीबाट जोकोही प्रभावित छन् ।

केकी अधिकारी
अभिनेत्री केकी अधिकारी पनि सुन्दरी अभिनेत्रीमा पर्छिन् । फिल्म ‘स्वर’बाट नेपाली रजतपटमा पाइला चालेकी केकी बौद्धिकता, अभिनय र सुन्दरतामा अब्बल छिन् ।

म्यूजिक भिडियो हुँदै फिल्मी अभिनयमा उदाएकी केकीको सुन्दरता र मुस्कानबाट जो कोही प्रभावित छन् ।

वर्षा शिवाकोटी
अभिनेत्रीको सुन्दरताको कुरा गर्दा वर्षा शिवाकोटी नछुट्ने नाम हो । वर्षा म्यूजिक भिडियो र फिल्मी अभिनयमा सक्रिय छिन् । वर्षा अभिनित पछिल्लो फिल्म ‘परदेशी २’ सुपरहिट साबित भएको थियो ।

वर्षाले अभिनय गरेका अधिकांश फिल्म असफल भइरहे पनि उनले आफ्नो सुन्दरतालाई भने असफल हुन दिएकी छैनिन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?