मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

सविरको निर्देशनमा फिल्म ‘रुखान’ को घोषणा

काठमाडौँ –सविर श्रेष्ठको निर्देशनमा फिल्म ‘रुखान’ बन्ने भएको छ । निर्माण युनिटले फिल्मको घोषणा गर्दै नेपाली, अंग्रेजी, हिन्दी र भोजपुरी गरेर ४ भाषामा निर्माण हुने जानकारी दिएको हो । 

डाक्टर रूपक घिमिरेको कथा रहेको यो फिल्म कृष्ण थापा र सुरेश गुरुङको निर्माणमा बन्न लागेको हो । फिल्मका कार्यकारी निर्माता नायक सविन श्रेष्ठ हुन् । फिल्ममा अर्जुन पोखरेलको संगीत, अभिमन्यु निरवीको पटकथा तथा संवाद रहनेछ ।

सविन फिल्मस्, भिक्टोरी प्रोडक्शन हाउस प्रा.लि र काइट्स इन्टरटेन्मेन्टको ब्यानरमा निर्माण हुन लागेको फिल्म निर्माणमा आवरण स्किन एन्ड हेयर क्लिनिकले पनि सहकार्य गर्नेछ । 

घोषणासँगै फिल्मको फस्टलुक समेत बाहिर ल्याइएको छ । जहाँ आन्दोलनको झलक दिने तस्वीर समेत समावेश गरिएको छ ।

एक महिला न्यायका लागि मुठ्ठी कसेर विद्रोहमा उत्रिएको देखाइएको पोस्टरमा उपचार गराइरहेका एक युवालाई पनि पोस्टरमा देखाइएको छ । फिल्मको फस्टलुकमा ‘न्याय देउ’ भनेर लेखिएको छ ।

फस्टलुकले यो फिल्मले आम नागरिकको समस्याको कथा बोल्ने संकेत गर्छ । 

निर्माण पक्ष अब कलाकारहरू छनौटको क्रममा छ । फिल्मको कलाकार र प्राविधिक छिट्टै फाइनल गरेर फिल्म फ्लोरमा लैजाने निर्देशक श्रेष्ठले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?