मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

‘मिस तामाङ’को ग्राण्ड फिनाले फागुन १२ मा

काठमाडौं– मिस तामाङको ग्राण्ड फिनाले फागुन १२ गते हुने भएको छ । भृकुटीमण्डपस्थित राष्ट्रिय सभागृहमा हुने एक विशेष समारोहबीच मिस तामाङ २०२४ को घोषणा हुने मम्स इन्टरनेशनल नेपालकी निर्देशक रञ्जिता लामा तामाङले बताइन् ।

मिस तामाङको यो १६ औँ संस्करण हो । यस संस्करणमा २६ जना प्रतियोगीहरुले भाग लिएका छन् ।

शनिबार काठमाडौंस्थित सिटी सेन्टरमा मम्स इन्टरनेशनलको आयोजनामा मिस तामाङको ट्यालेन्ट शो सम्पन्न गरिएको थियो । ट्यालेन्ट शो मा सबै सहभागीले नृत्य, अभिनय, कविता, गायन र भाषण कला प्रस्तुति दिएका थिए ।

निर्देशक रञ्जिता तामाङका अनुसार तामाङ भाषा, धर्म, कला, संस्कृति, भेषभूषा, रीतिरिवाज तथा रहनसहनलाई विश्वका तामाङसामु पुर्‍याउने उद्देश्यले संस्थाले मिस तामाङ प्रतियोगिता आयोजना गर्दै आएको छ ।

सहभागी तामाङ युवतीहरुकोे व्यक्तित्व विकासका साथै उनीहरु मार्फत तामाङ भाषा, भेषभूषा, संस्कृति सिक्न र पुस्तान्तरण गर्न सघाउ पुग्ने उनको विश्वास छ ।

प्रतियोगितामा विजेताले १ लाख, फस्ट रनर अपले ५० हजार र सेकेण्ड रनरअपले ३० हजार रुपैयाँ नगद पुरस्कार प्राप्त गर्नेछन् ।

साथै विजेता सबैले नगद पुरस्कार बराबरकै चाँदीको क्राउनका साथै गिफ्ट ह्याम्पर समेत पाउनेछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?