मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

धरहराको पार्किङबारे मन्त्रालयलाई बालेनको जवाफ –‘बन्द हुँदैन, पत्र केपी ओलीलाई लेख्नू’

काठमाडौँ – धरहराको निःशुल्क पार्किङबारे काठमाडौँ महानगरपालिकाका प्रमुख वालेन शाहले मन्त्रालयलाई जवाफ फर्काएका छन् ।

सहरी विकास मन्त्रालयले समन्वय नै नगरी निर्माणाधीन धरहराको बेसमेन्टमा पार्किङ गराएको भन्दै ध्यानाकर्षण गराएपछि त्यसको जवाफ उनले सामाजिक सञ्जालबाटै दिएका हुन् ।

जवाफमा पार्किङ बन्द नहुने प्रस्ट पारेका उनले  उद्घाटन गरेको २ वर्षभन्दा बढी समय भइसक्दा पनि पत्र लेख्नुको औचित्य के हो भनी प्रश्नसमेत गरेका छन्। सार्वजनिक सम्पत्ति निजी स्वार्थका लागि प्रयोग हुन नदिने प्रतिबद्धता जनाउँदै उनले यस्तो पत्र उद्घाटन गर्ने केपी शर्मा ओलीलाई लेख्न सुझाव समेत दिएका हुन् ।

उनले पार्किङको ठेक्का लिएर सरकारको सम्पत्तिमाथि रजाइँ गर्ने मनसाय देखिएको पनि बताए। महानगरपालिकाले न्यूरोड क्षेत्रमा पार्किङ निषेध गरेपछि केही दिनअघि मात्रै धरहरामा निःशुल्क पार्किङको व्यवस्था गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?