मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

विज्ञान

ब्रह्माण्डको रहस्यमयी ‘ब्ल्याक होल’, जसले पूरै पृथ्वी निल्न सक्छ

काठमाडौं– ब्रहमाण्डका कतिपय तथ्यहरु रहस्यमय नै छन् । खगोलशास्त्रीहरुले अध्ययन जारी राखे पनि यसबारे धेरै जानकारी संकलन गर्न सकेका छैनन् ।

ब्रह्माण्ड यति विशाल छ कि, वैज्ञानिकहरुले यसलाई कहिल्यै छिचोल्न पनि सक्ने छैनन् । ब्रह्माण्ड अनन्त छ भन्नेमा पनि वैज्ञानिकहरु एकमत छैनन् । तर, धेरैले अनन्त छ भन्नेमा विश्वास गर्छन् ।

ब्रह्माण्डमा भएका अनेक रहस्यमयी तथ्यहरुमध्ये ब्ल्याक होल (कृष्ण छिद्र) पनि एक हो । आधुनिक विज्ञानका पिता भनिने अल्बर्ट आइन्स्टाइनले ब्ल्याक होलको सिद्धान्तलाई गुरुत्वाकर्षणको ‘सामान्य सापेक्षताको सिद्धान्त’मा प्रमाणित गरेका थिए ।

के हो ब्ल्याक होल?

ब्रम्हाण्डको चमत्कारपूर्ण गुरुत्वाकर्षण शक्ति भएको अनधकारमय अदृश्य भाग नै ब्ल्याकहोल हो । ब्ल्याक होल अन्तरिक्षमा एउटा यस्तो स्थान हो, जहाँ गुरुत्वाकर्षणले यति धेरै तान्छ कि प्रकाश पनि बाहिर निस्कन सक्दैन ।

चाखलाग्दो कुरा के छ भने वैज्ञानिकहरुले यसबारेमा जति नै खोज तथा अनुसन्धान गरे पनि यसको ठोस तथ्य आजसम्म पनि पत्ता लाग्न सकेको छैन ।

वैज्ञानिकहरुले ब्रह्माण्डमा ब्ल्याक होलको संख्या कति छ भनेर अहिलेसम्म पत्ता लगाउन सकेका छैनन् । तर, ब्ल्याक होल ब्रह्माण्डको अस्तित्वमा छ भन्नेमा भने उनीहरु सहमत भइसकेका छन् ।

वैज्ञानिकहरुका अनुसार ब्ल्याक होल त्यस्तो पिण्ड हो, जसमा प्रकाशका साथसाथै ब्रह्माण्डमा रहेका जुनसुकै वस्तुलाई पनि आफूतिर तानेर नष्ट गर्ने क्षमता हुन्छ । अमेरिकी स्पेस एजेन्सी नासाका अनुसार ब्ल्याक होलको गुरुत्वाकर्षण यति शक्तिशाली हुन्छ कि, निश्चित दूरीभित्र यसले हरेक वस्तु आफूतिर तान्न सक्छ र विलिन गराउन सक्छ ।

सन् २०१९ मा ब्ल्याक होलको पहिलो तस्वीर सार्वजनिक गरिएको थियो । इभेन्ट होराइजन टेलिस्किोप ईएचटीको सहकार्यमा खिचिएको ब्ल्याक होलको पहिलो तस्वीरले पूरै विश्वको ध्यान तानेको थियो ।

उक्त तस्वीर खिच्नका लागि पृथ्वीका विभिन्न आठ स्थानमा राखिएका टेलिस्कोपको प्रयोग गरिएको थियो । वैज्ञानिकहरुका अनुसार उक्त तस्वीर ४० करोड खर्ब किलोमिटर टाढा रहेको ब्ल्याक होलको हो ।

खगोलशास्त्रीहरुका अनुसार उक्त ब्ल्याक होल सूर्यभन्दा चार लाख गुना ठूलो छ । यो झण्डै एक करोड किलोमिटर टाढा छ । यो पृथ्वीबाट यति टाढा छ कि, यसका कारण हामी जोखिममा छैनौँ ।

हामी रहेको आकाश गंगा ‘मिल्की वे’ मा हालसम्म दुई दर्जनभन्दा बढी ब्ल्याक होल पत्ता लागेका छन् । खगोलशास्त्रीहरुले यही आकाश गंगामा अझै धेरै ब्ल्याक होल हुनसक्ने अनुमान गरेका छन् ।

खगोलशास्त्रीहरुका अनुसार एक आकाश गंगामा करीब एक खर्ब तारा हुन्छन् । तीमध्ये मध्यम तथा साना खालका करीब दश करोड ब्ल्याक होलहरु हुनसक्ने अनुमान गरिएको छ ।

वास्तवमा ब्ल्याक होललाई मानिसको सामान्य आँखाले देख्न सकिँदैन । यसलाई देख्नका लागि स्पेस टेलिस्कोपजस्ता विशेष उपकरणहरु चाहिन्छ । तर, कुनै ब्ल्याक होल भने नाङ्गो आँखाले पनि देख्न सकिने खगोलशास्त्रीहरुको दाबी छ ।

ब्ल्याकहोल पृथ्वीभन्दा ३० लाख गुना ठूलो र ४० अर्ब किलोमिटरमा फैलिएको खगोलशास्त्रीहरुको विश्वास छ । वैज्ञानिकहरुले यसलाई राक्षस अर्थात ‘मोन्स्टर’को संज्ञा दिएका छन् ।

खगोलशास्त्रीहरुका अनुसार ब्रह्माण्डको उत्पत्ति हुँदादेखि नै ब्ल्याक होलको निर्माण भएको हो ।

उनीहरुका अनुसार एक प्रकारका ब्ल्याक होलहरु ब्रह्माण्डको सृष्टिसँगै उत्पत्ति भएको मानिन्छ भने केही ब्ल्याक होलहरु विशाल ताराहरु नष्ट भएपछि बन्ने गर्छन् । अर्का भीमकाय ब्ल्याक होलहरु आकाश गंगाको केन्द्रमा रहने खगोलशास्त्रीहरु बताउँछन् । तर, ती ब्ल्याक होल किन आकाश गंगाको बीचमा नै बस्छन् भन्ने अहिलेसम्म पत्ता लाग्न सकेको छैन ।

ठूला ताराहरु नष्ट हुँदा ब्ल्याक होल बन्ने गरेको खगोलशास्त्रीको विश्वास छ ।

ब्ल्याक होला कति ठूला हुन्छन् ?

खगोलशास्त्रीहरुले ब्रह्माण्डको अध्ययनमध्ये ब्ल्याक होलको अध्ययन निकै कठिनपूर्ण हुने गरेको बताउँछन् । उनीहरुका अनुसार ब्रह्माण्डमा साना र ठूला गरी धेरै किसिमका ब्ल्याक होलहरु छन् ।

अहिलेसम्मको अध्ययन अनुसार आकाश गंगाको केन्द्रविन्दुमा सौर्य मण्डलभन्दा अर्बौ गुणा ठूलो ब्ल्याक होल हुन्छ भने सबैभन्दा सानो ब्ल्याक होल एउटा परमाणु जत्तिकै सानो हुन्छ ।

के पृथ्वी पनि ब्ल्याक होलमा विलिन हुन सक्छ ?

हालसम्मको अध्ययन अनुसार हाम्रो ग्यालेक्सी (मिल्की वे) मा ब्ल्याक होल त छन् । तर, ती ब्ल्याक होल पृथ्वीभन्दा धेरै टाढा छन् । त्यसैले अझै धेरै वर्षसम्म पृथ्वी ब्ल्याक होलमा विलिन हुने सम्भावना छैन ।

वैज्ञानिकहरुले ब्ल्याक होलको अध्ययन तथा अनुसन्धान गर्न यानहरु पनि प्रक्षेपण गरेका छन् ।

ब्ल्याक होलमा जाने कुनै पनि वस्तु होस् या प्रकाश या विकिरण बाहिर निस्किँदैन । यसले न कुनै प्रकाश फ्याँक्छ । न त प्रकाश परावर्तन गर्छ । यो पूर्णत अँध्यारो हुने भएकाले यसलाई ब्ल्याक होल भनिन्छ ।

वैज्ञानिकहरुले यसलाई प्रत्यक्ष देख्न नसकिने भए पनि अप्रत्यक्ष रुपमा उसको उपस्थिति थाहा पाउन सकिने बताएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?