मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

‘स्क्विड गेम’का अभिनेता ‘येओङ’ लाई जेल सजाय

काठमाडौँ – सन् २०२१ मा रिलिज  भएको चर्चित वेब सिरिज ‘स्क्विड गेम’का अभिनेता ओ येओङ–सुलाई जेल सजाय सुनाइएको छ ।

उनीमाथि एक महिलाले यौन दुर्व्यवहारकाे आरोप लगाउँदै उजुरी दिएपछि अदालतले एक वर्षको जेल सजाय सुनाएको हो । येओङ सो बेब सिरिजमा प्लेयर नम्बर ००१ को भूमिकामा देखिएका थिए ।

उनीको भूमिका एक सोझो र लाचार भए पनि हिंस्रक खेलमा महत्त्वपूर्ण पात्रका रूपमा प्रस्तुत गरिएको थियो  । उक्त सो पछि उनीमाथि यौन दुर्व्यवहार उजुरी परेको थियो ।

उनीमाथि सन् २०१७ मा हाइकिङका समयमा गलत तरिकाले छोएको,जबरजस्ती अङ्कमाल गर्न खोजेको तथा आफूलाई जबरजस्ती चुम्बन गर्न खोजेको  आरोप महिलाले लगाएकी छिन् ।

यद्यपि येओङले आफूले पीडितलाई छोरी सरह व्यवहार गरेको दाबी गरेका छन् । यसको आगामी सुनुवाइ २०२४ को मार्चमा पुनः हुनेछ । येओङ एक व्यापारी हुन् । उनले नै ‘स्क्विड गेम’को निर्माण र होस्ट गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?