मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

टिकटक बन्द भए-नभएको जानकारी नदिने २४ इन्टरनेट सेवा प्रदायक कारबाहीमा

काठमाडौँ– टिकटकका कारण सामाजिक सद्भाव एवम् सामाजिक वातावरणमा नकारात्मक असर पारेको भन्दै टिकटकमाथि सरकारले प्रतिबन्ध लगाएको छ । 

योसँगै प्राधिकरणले टिकटक बन्द भएको वा नभएको जानकारी नगराउने २४ इन्टरनेट सेवा प्रदायकलाई कारबाही गरेको छ ।

सरकारले टिकटक माथि प्रतिबन्ध लगाउने निर्णय गरेसँगै उक्त निर्णयको कार्यान्वयन गर्न नियामक निकाय दूरसञ्चार प्राधिकरणले सबै इन्टरनेट सेवा प्रदायकहरू र मोबाइल सेवा प्रदायकहरूलाई निर्देशन दिएको थियो ।

साथै प्राधिकरणको निर्देशनको पालना नगर्दा दूरसञ्चार ऐन, २०५३ को दफा ४७ बमोजिम प्राधिकरणबाट कारबाही हुन सक्ने चेतावनी दिइएको समेत थियो ।

‘तर केही सेवा प्रदायकको नेटवर्कमा टिकटकमा पहुँच पुगिरहेको र टिकटक प्रयोग भइरहेको भन्ने बुझिन आएको’ भन्दै तत्काल प्राधिकरणको निर्देशन कार्यान्वयन गरी जानकारी गराउन सम्बन्धित सबै सेवा प्रदायकहरूलाई निर्देशन दिइएको थियो ।

यस्तै प्राधिकरणले टिकटकको पहुँच र प्रयोगमा रोक लगाउने निर्देशन कार्यान्वयन नगरेको भनेर काठमाडौँ उपत्यका लगायत देशका अन्य क्षेत्रमा सेवा प्रवाह गरिरहेका इन्टरनेट सेवा प्रदायकहरूलाई कारबाही गरेको हो ।

प्राधिकरणले सेवा प्रदायकहरूलाई स्पष्टीकरण सोधिने र उक्त स्पष्टीकरण प्राप्त भएसँगै थप कारबाही हुने बताइएको छ ।

टिकटकले भने नेपालमा टिकटकमाथि लगाइएको प्रतिबन्ध हटाउन लबिङ सुरु गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?