मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

स्कुसको तरकारी यति धेरै गुणकारी

हामी सबै माझ परिचित तरकारी हो स्कुस । यो तरकारी लगभग सबैको घरमा हुन्छ भने याे नेपालीको भान्सा धान्ने तरकारी हो । फलाउँन धेरै मेहनत गर्न नपर्ने याे तरकारी गाउँका घर–आँगनमा अझ सजिलै र धेरै फल्ने गर्छ ।

अरू तरकारीहरूको तुलनामा यो सस्तो, स्वादिलो, र स्वस्थ्यकर पनि हुन्छ । स्कुस बहुउपयोगी तरकारी हो । स्कुसको मुन्टा, फल र जरा सबै स्वाद फेर्दै खान सकिन्छ र यो निकै पौष्टिक फल हो । 

यी हुन् स्कुसकाे तरकारी खानुका फाइदाहरु :

–स्कुसमा विभिन्न प्रकारका भिटामिन, खनिज, र फाइबरहरू पाउन सकिन्छ । जुन हाम्रो शरीरको लागि अत्यावश्यक छ । साथसाथै स्कुसमा कम क्यालोरी, फ्याट, सोडियम र कार्बोहाइड्रेट हुने गर्छ । त्यस्तै, शरीरलाई स्वस्थ बनाउनको लागि यो सहायक सिद्ध हुन्छ । 

–स्कुस भिटामिन सीको एउटा उत्कृष्ट स्रोत हो, जुन हाम्रो शरीरको लागि अत्यावश्यक हुन्छ ।

–स्कुस धेरै खाने मान्छेमा मुटुरोगको जोखिम कम हुने गर्छ । जस्तै, उच्च रक्तचाप, उच्च कोलेस्ट्रोल र रक्त प्रवाहमा पनि यसले सहयोग गर्ने गर्छ । 

–स्कुसले रगतमा हुने चिनीको मात्रा नियन्त्रणमा गर्न सहयोग पुर्‍याउँछ ।

–स्कुसको नियमित सेवनले स्वस्थ गर्भावस्थालाई सहयोग गर्न मद्दत गर्छ । 

–निश्चित मात्रामा स्कुसको सेवन गर्दा त्यसमा रहेका यौगिकहरूले क्यान्सर हुन सक्ने कोशिकामा त्यसको असर कम गर्छ । 

–भिटामिन सी पर्याप्त  मात्रामा  पाइने यो तरकारीको नियमित सेवनले बुढेसकालको आँखाको समस्या कम गर्न मद्दत गर्छ ।

–स्कुसको सेवन गर्दा कलेजोमा बोसो जम्ने कामलाई यसले नियन्त्रण गर्दछ । 

– स्कुस नियमित सेवन गर्नेमा तौल बढ्ने तर यसले मोटोपनाको कुनै समस्या न निम्त्याउने समेत देखाएको छ । पछि तौल घटाउनु पर्ने अवस्था आयो भने पनि सहजै घटाउन सक्ने गरी सन्तुलित रूपमा यसले तौल बढाउन मद्दत गर्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?