मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

संकटमा थारु समुदायको परम्परागत पहिचान बोकेका घर

कञ्चनपुर – थारु समुदायको परम्परागत पहिचान बोकेका घर सङ्कटमा पर्न थालेका छन् । थारु बस्तीमा काठले बनाएका परम्परागत घर विस्थापित हुँदै गएका हुन् ।

काठले निर्माण गरिएका थारु बस्तीका अधिकांश घर माटोले लिपपोत गरिएका हुन्छन् । घर छेउमै गाई भैँसीको गोठ, परालको कुन्यू पनि बनाइएका हुन्छन् ।

तर पछिल्लो समय डगौरा, चौधरी थारु र राना थारु समुदायको बस्ती यस्ता घर विस्थापित हुँदै गएका छन् । 

धमाधम पक्की घर निर्माण हुँदै गएपछि परम्परागत काठले निर्माण गरिएका घर लोप हुँदै गएको लालझाडीका मदन राना बताउँछन्। 

‘घरसँगै गाई भैँसीको गोठ हुन्थ्यो । नयाँ पुस्ताले गाई भैँसी पाल्दैनन्’, उनले भने – ‘सहजै काठ पाइँदैन । धेरैजसो पक्की घर बनाउने हुनाले परम्परागत घर हराउँदै गएका छन् ।’

उनका अनुसार विगतमा एउटै परिवारमा सय-डेढ सय जनासम्म बसोबास गर्थे । तर अहिले १०-१५ जनाको परिवार पनि भेटिँदैन ।

रोजगारीका लागि तेस्रो मुलुक जाने क्रम बढेसँगै थारु बस्तीमा पक्की घर बनाउने क्रम बढेको भीमदत्त नगरपालिकाकी लक्ष्मी डगौराले बताइन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?