मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

जनवरीमा नेपाल भित्रिए ७९ हजार १ सय विदेशी पर्यटक

काठमाडौँ– सन् २०२४ को पहिलो महिना जनवरीमा उल्लेख्य मात्रामा विदेशी पर्यटक नेपाल आएका छन् ।

पर्यटन बोर्डका अनुसार यो महिना गतवर्षको तुलनामा २४ हजार २६ ले बढी विदेशी नेपाल आएका हुन ।

अर्थात यो गत वर्ष यसै महिनाको तुलनामा  २०२३ जनवरीमा ५५ हजार ७४ पर्यटक नेपाल भ्रमणमा आएकामा यो जनवरीमा ७९ हजार १ सय विदेशी पर्यटक नेपाल आएका हुन् । 

बोर्डको तथ्याङ्क अनुसार यो महिना सबैभन्दा बढी भारतबाट २४ हजार १ सय ३९ नेपाल भ्रमणमा आएका छन् । दोस्रोमा चीनबाट ७ हजार २ सय ६७ पर्यटक नेपाल आएका छन् ।

त्यस्तै अमेरिकाबाट ७ हजार ४७ नेपाल भ्रमणमा आएकोमा  चौथो नम्बरमा रहेको थाइल्यान्ड बाट ४ हजार ६ सय १९ आएका छन् ।

दक्षिण कोरियाबाट ३ हजार ८ सय १२, बङ्गलादेश ३ हजार ६ सय २९ र अस्ट्रेलियाबाट ३ हजार ४ सय २१, बेलायत ३ हजार २ सय ७६, भुटान २ हजार २ सय २९ र जापानबाट १ हजार ५ सय ६८ पर्यटक आएका छन् । 

सरकारले यसपालि गत वर्षको तुलनामा दोब्बरले पर्यटक बढाउने घोषणा गरिसकेको छ । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?