मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

आजको मौसम : केही प्रदेशमा वर्षा,हिमाल र उच्चपहाडमा हिमपातको सम्भावना

काठमाडौँ –  अहिले कोशी, मधेश र बागमती प्रदेशमा साधरणतया बदली रही बाँकी भू–भागको मौसम मुख्यतया सफा रहेको जल तथा मौसम विज्ञान विभाग,मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । 

महाशाखाका अनुसार देशमा अहिले  पश्चिमी वायुको प्रभाव रहेको छ भने दिउसो देशभर आंशिक देखि साधरणतया बदली रहनेछ। 

त्यस्तै कर्णाली र सुदूरपश्चिम प्रदेशको थोरै स्थानहरू साथै लुम्बिनी, गण्डकी, बागमती र कोशी प्रदेशका पहाडी भू–भागको एक–दुई स्थानमा छिटपुट देखि हल्का वर्षाको सम्भावना रहेको छ। 

उच्च पहाडी तथा हिमाली भू–भागका थोरै स्थानहरूमा भने हल्का हिमपातको सम्भावना पनि छ।

आज राती पनि पहाडी भू–भागमा आंशिक देखि साधरणतया बदली रही बाँकी भू–भागमा आंशिक देखि मौसम मुख्यतया सफा रहने महाशाखाले जनाएको छ । 

कोशी, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाडी भू–भागका एक–दुई स्थानमा छिटपुट देखि हल्का वर्षाको सम्भावना रहेको छ। उच्च पहाडी तथा हिमाली भू–भागको थोरै स्थानहरूमा हल्का हिमपात हुनसक्ने महाशाखाको पूर्वानुमान छ । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?