मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

इन्डियन आइडलको प्रतिस्पर्धाबाट बाहिरिइन् मेनुका !

काठमाडौं – इन्डियन आइडलको मञ्चमा निर्णायक र अतिथिहरूबाट एक पछि अर्को एपिसोडमा प्रशंसा बटुल्दै आएकी नेपालकी मेनुका पौडेल ‘इण्डियन आइडल’को प्रतिस्पर्धाबाट बाहिरिएकी छन् ।

असाध्यै प्रतिस्पर्धात्मक मानिने भारतीय गायन रियालिटी शो इन्डियन आइडलको आइतबारको एपिसोडमा बाहिरिएको मेनुकाले सामाजिक संजालबाट बताएकी हुन ।

सामाजिक सञ्जालमा मेनुकाले लेखिएकी छिन्, ‘मेरो इण्डियन आइडलको यात्रा यहीँ सकिएको छ । तर, मेरो जीवनको सांगीतिक यात्रा भर्खर सुरु भएको छ ।’

उनी इण्डियन आइडलको उत्कृष्ट १० मा छनोट भएकी थिइन् । इन्डियन आइडलमा रहँदा उनले ‘सलार’ मार्फत भारतीय फिल्म गायनमा डेब्यु गरेकी थिइन् । मेनुकालाई आँखा देख्न सहज बनाउन चिकित्सकहरुले ‘एआई भिजन चस्मा’ उपलव्ध गराएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?