मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

काठमाडौंको सडकमा बेहोस अवस्थामा भेटिएका युवकको मृत्यु

काठमाडौं – काठमाडौंको सडकमा बेहोस अवस्थामा भेटिएका एक जनाको निधन भएको छ। काठमाडौंको गोठाटारमा कृषि फार्म सञ्चालन गर्ने युवक बिहीबार गोठाटारकै सडकमा राति १२ बजेतिर बेहोस अवस्थामा फेला परेका थिए। त्यसरी फेला पर्नेमा ३३ वर्षीय दिलीप कट्टेल रहेका छन्। उनको आज वीर अस्पतालमा मृत्यु भएको हो।

उनी मादक पदार्थ सेवन गरेको अवस्थामा फेला परेको बानेश्वर प्रहरी प्रमुख डीएसपी शिवराज बुढाथोकीले जानकारी दिए। प्रहरीले उनीसँगै बसेर मादक पदार्थ सेवन गरेका चार युवालाई घटनाबारे सोधपुछ गर्न नियन्त्रणमा लिएको छ। प्रहरीको नियन्त्रणमा रहेका युवाहरू मृतक कट्टेलकै साथी हुन्।

कट्टेल बेहोस हुँदा उनका साथीहरू कहाँ थिए भन्नेबारे सोधपुछ गर्न प्रहरीले उनीहरूलाई नियन्त्रणमा लिएको जनाएको छ। मृतकको शरीरको बाहिरी भागमा भने कुनै चोट देखिएको छैन। पोस्टमार्टम रिपोर्ट आएपछि प्रहरीले थप अनुसन्धान गर्ने जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?