मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

कल्याण कार्कीको ‘व्यवहार बिग्रेर’ सार्वजनिक

काठमाडौं – पछिल्लो समयको समाजमा व्याप्त भएको परिवेश र परिस्थितिलाई मध्यनजर गर्दै गायक भागिरथ चलाउनेले नयाँ गीत ‘व्यवहार बिग्रेर’ लिएर आएका छन् ।

गीतमा लेनदेनको कारोबारबाट बिग्रिएपछि बैंक र सहकारी धाउनुपरेको र त्यहाँबाट पनि तनाव सिर्जना भएको विषय समेटिएको छ । आर्थिक कारोबारमा अरुको समस्या समाधान गर्दै जाँदा आफैं समस्यामा परेको र परिवार धान्न मुस्किल भएको विषयलाई गीतले उठाएको छ । गीतले समयसान्दर्भिक वस्तुस्थितिको चित्रणसमेत गरेको छ ।

‘व्यवहार बिग्रेर’ गीतलाई कल्याणरत्न कार्कीले शब्द तथा संगीत सिर्जना गरेका छन् । गायक भागिरथ चलाउने र गायिका सुनिता बुढा क्षेत्रीले स्वर दिएको ‘व्यवहार बिग्रेर’ गीतको संगीत संयोजन भने श्यामश्वेत रसाइलीले गरेका छन् ।

‘व्यवहार बिग्रेर’ गीतको म्युजिक भिडियोलाई प्रकाश भट्टले निर्देशन गरेका छन् । भिडियोको छायाँकन राम केसी र सुनिल भण्डारीको रहेको छ भने सम्पादन टेकेन्द्र शाहले गरेका छन् । भिडियोमा अनिता बस्नेत र कल्याणरत्न कार्कीले मुख्य भूमिका निर्वाह गरेका छन् । भिडियोलाई खाँडादेवी फिल्म्सबाट सार्वजनिक गरिएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?