मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

सेलिब्रेटी

नेपाली अभिनेत्रीको बिकिनी मोह !

काठमाडौं– अभिनेत्रीहरुको सुन्दरताको मापक उनीहरुको मुहार हुँदा ‘बोल्डनेस’ चाहिँ बिकिनी लुक्स हो । यो विश्वव्यापी सत्य कुरा हो ।

हलिउड होस् या बलिउड नै किन नहोस्, बोल्डनेसको मापक ‘बिकिनी स्टाइल’ नै भएको छ ।

भलै अभिनेत्रीको कामुक पहिरनलाई पनि दर्शकलाई चासोको विषय भए पनि दर्शकहरु बढी आकर्षित हुने तस्वीर चाहिँ ‘बिकिनी अवतार’ नै हो ।

नेपाली फिल्मका अभिनेत्रीहरु पनि आफूलाई बिकिनीमा बोल्ड रुपमा प्रस्तुत गर्न तँछाडमछाड नै गर्छन् । उनीहरु नेपालमा भन्दा पनि बढी विदेशका समुन्द्री तटमा आफूलाई बिकिनीमा विन्दास देखाउन मरिहत्ते गर्छन् ।

प्रियंका कार्कीदेखि आँचल शर्मासम्मका अभिनेत्रीहरु समुन्द्री तटमा विकिनी लुक्सका तस्वीर खिचाएर सामाजिक सञ्जाल फेसबुक र इस्टाग्राममा पोष्ट गर्दै दर्शकको ध्यान आफूतिर खिच्छन् ।

आज हामी बिकिनी अवतारमा तस्वीर खिचाएर चर्चामा आएका १० अभिनेत्रीको चर्चा गर्दैछौँ ।

प्रियंका कार्की

प्रियंका अभिनय र नृत्यमा जति अब्बल छिन्, त्यति नै बिकिनी तस्वीरमा बिन्दास देखिन्छिन् । उनी नेपालमा कमैमात्र बिकिनी लुक्समा देखिन्छिन् । तर विदेश गएको हकमा भने समुन्द्री तटमा ग्ल्यामर तस्वीर खिचाउन पछि पर्दिनन् । त्यसो त उनले छोरी आयंकासहितको बिकिनी लुक्सलाई फेसबुकमा सार्वजनिक गरिरहन्छिन् ।

वर्षा शिवाकोटी

दुई वर्षअघि अभिनेत्री वर्षा शिवाकोटी अमेरिकामा रहँदा चर्चाको विषय बनिन् । उनको चर्चाको विषय थियो, बिकिनी तस्वीर । अमेरिकाको समुन्द्री तटमा वर्षाले बिकिनी लगाएर खिचेका विभिन्न तस्वीरहरु सामाजिक सञ्जालमा राखेकी थिइन् ।

सोझी र इमान्दार अभिनेत्रीका रुपमा परिचित वर्षाले बिकिनी तस्वीर फेसबुकमा राखेपछि उनको हटनेसको चर्चा चलेको थियो । वर्षा अभिनित अधिकांश फिल्म फ्लप भइरहँदा पछिल्लो फिल्म ‘परदेशी २’ ले उनलाई सफलताको स्वाद चखाएको छ ।

साम्राज्ञी राज्यलक्ष्मी शाह

बिकिनी लुक्समा राम्री देखिनेमा अभिनेत्री साम्राज्ञी राज्यलक्ष्मी शाह पनि पर्छिन् । चार वर्षअघि इन्डोनेशियाको बालीमा पुगेर समुद्री तटमा बिकिनी फोटोसुट गरेपछि उनको ग्ल्यामरको चर्चा फिल्मवृत्तमै राम्रै चल्यो । उनी रातो बिकिनीमा देखिँदा उनको बोल्डनेसले सबैलाई आकर्षित गरेको थियो ।

स्वस्तिमा खड्का

एक वर्षअघि अभिनेत्री स्वस्तिमा खड्का अमेरिकाको टेक्सासस्थित दक्षिणी पाद्रे द्वीपमा प्रिन्टेट क्याप र कालो बिकिनीमा तस्वीर खिचिन् । टेक्सासको लोकप्रिय यो स्थानमा उनले तस्वीर खिचेपछि ‘बिच थेरापी’ लेख्दै इन्स्टाग्राममा पोस्ट गरिन् ।

तस्वीरमा स्वस्तिमालाई निकै खुलेको देखिएको थियो । स्वस्तिमा अभिनित पछिल्लो फिल्म ‘दिमाग खराब’ले बक्सअफिसमा राम्रो व्यापार गरेपछि उनी पुलकित भएकी छिन् ।

नम्रता सापकोटा

अभिनेत्री नम्रता सापकोटाको बिकिनी लुक्स उत्तिकै राम्रो देखिन्छ । फिल्मभन्दा पनि म्यूजिक भिडियोमा बढी सक्रिय नम्रता विदेश यात्रामा निस्कँदा समुन्द्री तटमा बिकिनी फोटो खिचेर फेसबुकमा राख्छिन् ।

वि.सं. २०७६ सालमा ‘एच के नेपाली नाइट–२०१९’मा सहभागी हुन हङकङ पुगेका बेला समुन्द्र तटमा उनले बिकिनी फोटो खिचाएकी थिइन् । एक अन्तर्वार्तामा ‘विवाह नगरी बच्चा जन्माउने इच्छा’ व्यक्त गरेपछि उनी भाइरल बनेकी थिइन् ।

सुष्मा कार्की

अभिनेत्री सुष्मा कार्की बिकिनीमा फोटो खिचाउन रुचाउने कलाकारमा पर्छिन् । उनले स्वीमिङ पुल होस् या विदेशमा रहँदा समुन्द्री तटमा बिकिनी फोटो खिचाउन पछि पर्दिनन् ।

फिल्ममा अभिनय भन्दा पनि आइटम गीतमा नृत्य गरेर चर्चामा आउने सुष्माले केही समय अघि काठमाडौंको एक पाँच तारे होटलमा बिकिनी फोटोसुट गराएकी थिइन् । उनले रातो बिकिनीमा सुष्माले पौडी मात्र खेलिनन्, पोज–पोजमा तस्बिर पनि खिचेकी छिन् ।

आँचल शर्मा

अभिनेत्री आँचललाई नेपाली फिल्म वृत्तमा इमान्दार अभिनेत्रीका रुपमा लिइन्छ । उनी कमैमात्र विवादमा आउने गर्छिन् । गत दशैंमा छुट्टी मनाउन श्रीमान डा. उदिप श्रेष्ठसहित फिलिपिन्स पुगेकी आँचलले सामाजिक सञ्जालमा बिकिनी फोटो राखेपछि उनी एकाएक चर्चामा आइन् ।

आँचलले फिलिपिन्सको बोराके आइल्यान्डमा बिकिनी फोटो खिचाएकी थिइन् ।

सुष्मा अधिकारी

अभिनेत्री सुष्मा अधिकारी नेपाली फिल्ममा भन्दा पनि बढी भोजपुरी फिल्म वृत्तमा चर्चामा आइरहन्छिन् । ग्ल्यामर फ्लेभर मन पराउने भोजपुरी दर्शकका लागि उनी एउटा ब्राण्ड नै बनेकी छिन् । भलै उनले केही नेपाली आइटम गीत र भिडियोमा अभिनय नगरेकी होइनन् । समय समयमा बिकिनी फोटोसुट गरिरहने सुष्मालाई भारतीय सञ्चारमाध्यमले राम्रो स्थान दिन्छन् ।

उनी विकिनीको एक्सपोजलाई सामान्य मान्छिन् । भारतको आजतक, एविपी न्युज, टाइम्स अफ इण्डियाजस्ता सञ्चारमाध्यमले आफ्नो अनलाइन संस्करणमा सुष्माको बिकिनी तस्वीरलाई राम्रै स्थान दिने गरेका छन् ।

अदिती बुढाथोकी

अभिनेत्री तथा मोडल अदिती इन्स्टाग्राममा धेरै फलोअर्स भएकी नेपाली कलाकारमा पर्छिन् । उनको इन्स्टाग्राममा फलोअर्सको संख्या १६ लाख बढी छ । उनी इन्स्टाग्राममा आफ्ना बिकिनी बोल्ड तस्वीर पोस्ट गरिरहन्छिन् ।

अदिती पछिल्लो पटक होम प्रोडक्सनको फिल्म ‘बाबरी’मा देखिएकी थिइन् । उनी भारतीय म्युजिक भिडियोमा पनि अभिनय गर्छिन् ।

वेनिशा हमाल

अभिनेत्री बेनिशा केही समयअघि ‘होलिडे टुर’का लागि थाइल्याण्ड पुगेकी थिइन् । त्यहाँ उनले कालो बिकिनीमा अनुहार छोप्दै त कहिले बिकिनी पोजमा स्वीमिङ पुलमा रमाउँदै गरेको तस्वीर सार्वजनिक गरिन् ।

पछिल्लो फिल्म ‘छक्का पन्जा ४’बाट सफलताको स्वाद चाखेकी बेनिशा अभिनित फिल्म ‘हात्तीछाप’ माघ २६ गतेबाट प्रदर्शनको तयारीमा छ ।

चलचित्रमा खासै व्यस्त नभए पनि उनी घुमघाममा रमाएको तस्वीर सार्वजनिक गरेर आफ्ना शुभचिन्तकसँग जोडिएकी छिन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?