मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

साहित्यकार उषा शेरचनलाई ‘राष्ट्रिय मुक्तक पुरस्कार’ प्रदान गरिने

मुक्तक मञ्च पोखराको केन्द्रीय समितिले मुक्तककार उषा शेरचनलाई ‘राष्ट्रिय मुक्तक पुरस्कार–२०८०’ प्रदान गर्ने घोषणा गरेको छ ।
३० को दशकदेखि हालसम्म साहित्यका अन्य विधासँगै नेपाली मुक्तक विधामा शेरचनले पुर्‍याएकाे योगदानको कदरस्वरूप सो पुरस्कार प्रदान गर्ने निर्णय गरिएको समितिका संयोजक सरुभक्त श्रेष्ठले बताए । उनला‌‍‍‌ई ३३ हजार तीन सय ३३ रुपैयाँ राशी सहित दोसल्ला र सम्मानपत्रले शेरचनलाई सम्मानित गरिने छ ।

संयोजक श्रेष्ठसँगै प्रभावी, कृष्ण देवकोटा सदस्य तथा संस्थापक विष्णु अल्पविराम र अध्यक्ष रामजीप्रसाद आचार्य पदेन सदस्य रहेको प्रतिभा छनोट समितिको सिफारिस अनुसार सो पुरस्कार प्रदान गर्ने निर्णय गरिएको हो ।

शेरचनको वि.सं.२०५६ मा ‘अक्षरहरुको शिविरबाट’ मुक्तक संग्रह प्रकाशित छ । हालसम्म पनि उनी निरन्तर कथा, कविता, उपन्यास तथा मुक्तक विधामा सक्रिय छिन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?