मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

अब नेपालीमा पनि ‘नागिन’, राजु गिरिको लेखन तथा निर्देशनमा वेब सिरिज बन्ने

काठमाडौँ – कथा कहानी र टेलिसिरियलमा चर्चित बनेको विषय नागिन बारे नेपालमा पनि वेव सिरिज बन्ने भएको छ । राजु गिरिको लेखन तथा निर्देशनमा वेब सिरिज ‘इच्छाधारी नागिन’ बन्ने भएको हो । 

ओएसआर सिरिज युटुब च्यानलबाट नेपाली इच्छाधारी नागिनको १ मिनेट १६ सेकेण्डको अफिसियल ट्रेलर सार्वजनिक गर्दै गिरिले यसबारे जानकारी दिएका हुन । 

यस सिरिजको पोस्ट प्रोडक्सन राजु गिरि प्रोडक्सनको रहेको छ भने प्रोडुक्सरमा काजल गिरि , शंकर गिरि, पुर्णकला गिरि, कंगणा गिरि र सरिता गिरि रहेका छन् ।

सिरिजको लेखनमा गिरि स्वयम र अम्मु कालिराज रहेका छन् । सिरिज आँउदो मार्च १ बाट स्ट्रिम हुने छ । 

यस अघि सार्वजनिक भएको ‘इच्छाधारी नागिन’ को टिजरले अरु वेब सिरिजको टिजर भन्दा  धेरै भ्युज पाएको छ । जसले गर्दा टिजरले नै चर्चा बटुलिरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?