मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

पुनम पाण्डेविरुद्ध सजायको माग,अफवाह फैलाएको आरोप

काठमाडौँ – आफ्नो मृत्यु भएको भन्दै अफवाह फैलाएकी बलिउड अभिनेत्री पुनम पाण्डे विरुद्ध कारबाहीको माग बढेको छ । बलिउडकर्मीले उनी विरुद्ध कारबाही हुनुपर्ने माग गरेका हुन् । 

भारतीय फिल्म तथा टिभी निर्देशक सङ्घका अध्यक्ष अशोक पण्डितले अभिनेत्रीलाई कडा कारबाही गर्न माग गरेका छन् । 

‘एउटी अभिनेत्रीले पाठेघरको मुखको क्यान्सरका कारण ज्यान गएको झूटो समाचार दिनु निकै दुःखद र स्तब्ध बनाएको छ । उनले सबैको भावनासँग खेलेकी छन् । उनले पाठेघरको मुखको क्यान्सरजस्ता रोगबाट पीडित सबैको खिल्ली उडाएकी छन् । यो एक गम्भीर रोग हो । उनीहरूले यस रोगविरुद्ध एकजुट भएर काम गरिरहेका भारत सरकार, डाक्टर र नर्सहरूको कडा परिश्रम र कामको खिल्ली उडाएकी छन् ।’ – भिडियो सन्देशमा पण्डितले भनेका छन् ।

त्यस्तै अखिल भारतीय सिने वर्कर्स एसोसिएसनले पनि यो नक्कली पीआर स्टन्टप्रति असन्तुष्टि व्यक्त गरेको छ ।

‘द कश्मीर फाइल्स’ फेम्ड निर्देशक विवेक अग्निहोत्रीले एक ट्वीट सेयर गर्दै पुनमको कार्यमाथि प्रश्न उठाएका छन् ।

उनी भन्छन– ‘सोशल मिडियाको बढ्दो चुनौतीलाई हेरेर यहाँ पनि केही नियमहरू हुनुपर्छ भन्ने मलाई लाग्छ । विशेष गरी समाचार निर्माता र आफूलाई प्रभावकारी भनाउनेका लागि । यो सनसनीखेज र नौटंकीलाई सामान्यीकरण बनाउनु खतरनाक छ । मृत्युको झुटो समाचार त सुरुवात मात्र हो । अब के हुन्छ हेरौं ।’

पुनमको पोस्टमा कमेन्ट गर्दै एकता कपूरले त यस्तो गराउने कम्पनीलाई नै कारबाही गर्नुपर्ने बताउँदा फिल्ममेकर रामगोपाल वर्माले भने सकारात्मक कामका लागि नकारात्मक बाटो भएको टिप्पणी गरेका छन् । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?