मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

के हो फेसबुकमा भाइरल ‘ हाइलाइट ’, के यसरी थाहा हुन्छ आफ्नो आईडीको सुरक्षा स्थिति ?

काठमाडौँ – केही दिनदेखि तपाईँले एउटा पोस्ट फेसबुकमा भाइरल भइरहेको देख्नु भएकै होला । 

पोस्टमा लेखिएको छ – ‘फेसबुकको नयाँ आश्चर्य’ सर्च गर्ने हो भने कैयौं फेसबुक पेजले मेटाका सीईओ मार्क जुकबर्गको फोटो सहित त्यस्तो पोस्ट राखेको देख्न सकिन्छ । “फेसबुकको नयाँ आश्चर्य, कमेन्टमा जानुहोस् र पहिले @ लेख्नुहोस्, त्यसपछि हाइलाइट highlight लेख्नुहोस्,”

यसमा अघि भनिएको छ । यदि ती पोस्टमा हाइलाइट लेखिएको कमेन्ट निलो भएन भने तपाईँको आइडी असुरक्षित छ । अझ गज्जब त हाइलाइट लेखिएको कमेन्ट निलो बनाउन प्रयोगकर्तालाई पेज फलो गर्न सुझाव दिइएको छ । 

अहिले आफ्नो आइडी सुरक्षित गर्न भन्दै यो पोस्ट गर्ने,शेयर गर्ने र कमेन्ट गर्ने ‘ट्रेण्ड’ नै चलेको छ । तर यो सबै मिथ्या र अफवाह हो । कतिपय पेजहरूले यस्ता पोस्ट मार्फत फेसबुकको सुरक्षा फिचर्सलाई मजाक उडाउने गर्छन् ।

अर्थात कमेन्ट लेखेको भरमा अकाउन्ट सुरक्षित भए नभएको थाहा पाउने भन्ने भन्ने हुँदैन । यस्तो कुनै फिचर समेत फेसबुकले ल्याएको छैन । 

तपाईँलाई फेसबुक अकाउन्ट सुरक्षित राख्न मन भए समय समयमा पासवर्ड परिवर्तन गर्नुहोस् । टु फ्याक्टर अथेन्टिकेसन अन गर्नुहोस् ।

बरु यसले हाम्रो आइडी उल्टै खतरामा परिरहेको हुनसक्छ । अरूको भनाइमा सजिलै बहकिने यस्ता व्यक्तिहरूले कमेन्टमा आफ्नो फेसबुकको पासवर्ड राख्दा 888888 आयो भने अकाउन्ट सुरक्षित  भनेर वेला वेला आउने गरेका पोस्टहरू पनि नपत्याउला भन्न सकिँदैन ।  

त्यसो भए हाइलाइट र फलोअर बारे पनि थोरै बुझौँ । यो फेसबुकमा केही समयअघि मात्र आएका फिचर हुन् । हाइलाइट यस्तो ट्याग हो, जसले एड भएका व्यक्तिहरूलाई कुनै पनि पोस्टबारे जानकारी दिन्छ ।

अर्थात तपाईँले यी शब्द कमेन्ट गरेपछि आफूसंग एड भएका व्यक्ति वा फलोअरलाई कतिपयलाई नोटिफिकेसन मार्फत तपाईंलाई मेन्सन गरिएको भनेर जानकारी जान्छ भने कतिपयको फिडमा देखिन्छ । 

कुनै संवेदनशील पोस्ट छ वा तपाईँले आफूसँग एड भएका व्यक्ति वा फलोअरलाई कुनै पोस्टको जानकारी दिनु परे यस्तो ट्याग प्रयोग गर्न सक्नुहुन्छ । कतिपयले फेसबुक पेजहरूले भने यसरी आफ्नो फलोअर बढाउन यस्तो तरिका अपनाएको देखिन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?